दुहबी / सुनसरीको दुहबी ३ स्थित आनन्द नगर गाउँको पकि बाटो डोजर लिएर भत्काई दिदा स्थानीय आक्रोशित भएका छन ।
केहि दिन अगाडि बर्साले बाढी आएको बेला सो बाटो दुहबी ३ घर भएका श्रवण कुमार बिश्वासले कसैलाई जानकारी नगराई आफू खुशी डोजर लिएर बाटो भत्काई दिएको दुहबी ३ का वडा अध्यक्ष माधव भण्डारीले बताएका छन ।
स्थानीय चन्दु सिंहका अनुसार स्थानीय लाई जानकारी नगराई आफू खुसी पकि बाटो डोजर प्रयोग गरी भत्काई दिदा आवत जावतमा निकै समस्या भएको बताए ।
सो पकि बाटो ईनरुवा दुहबी सडक देखि कोशि राजमार्ग संग जोडिएका छन ।
यता सो बिषयमा श्रवण कुमार बिश्वास संग बुझदा भीषण बर्षा भएको बेला सडको पुर्व पट्टीको शर्मा टोल बाढीले गर्दा घर- घरमा पानी पसेर धन जनको क्षती हुन थाले पछि थप क्षती हुन बाट रोक थाम गर्ने कुनै उपाई नभएको हुनाले टोल बासिको सल्लाह अनुसारनै बाध्य भएर डोजर प्रयोग गरी बाटो काटीएको बिश्वासले बताए ।





