दुहबी / सुनसरीको दुहवी नगरपालिका-१० मा शनिवार साँढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाईकल आफै अनितन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक दुहवी नगरपालिका-११ का ४५ बर्षीय ईश्वरचन माझी (चौधरी) लाई उपचारको लागी टिचिङ अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
यस्तै दुहवी नगरपालिका-८ मा शनिवार साँझ साँढे ६ बजे ना ५ ख ४५१३ नम्बरको बसले बाटो क्रस गर्दै गरेका पैदल यात्री बेलवारी नगरपालिका-५ का ७२ बर्षीय पवनलाल चौधरीलाई ठक्कर दिंदा घाईते भई उपचारको लागी बिराट मेडिकल कलेज पठाईएकोमा उपचारको क्रममा राती ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । सवारी दुर्घटना सम्बन्धी भएका उक्त घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





