• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी नगरपालिकाले मनाइयो अठारौं राष्ट्रिय धान दिवस ।

काेचिला खबर by काेचिला खबर
06/29/2021
in स्थानीय
65
SHARES
297
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरी को दुहबी नगरपालिकाको आयोजनामा वडा नम्बर ९ बेङडि स्थित राधाकृष्ण किसान बिकास संघको सामुदायिक धानखेती स्थलमा भब्यताका साथ धान दिवस मनाएको छ।

“धान उत्पादन वृद्धि ,खाध्य सुरक्षा,आत्मनिर्भरता र समृद्धि ” नारा सहित १८ औ रास्टृय धान दिवस २०७८ आयोजना गरिएको थियो।

उक्त कार्यक्रम को औपचारिक रुपमा ब्यानर पढेर उद्घाटन गर्दै नगर प्रमुख बेद गच्छदार ले दुहबी उर्वर कृषि भुमी भएको कारणले याहाका किसानहरुलाइ सम्मान गर्दै कृषि प्रवर्द्धन साथै उत्पादकत्व वृद्धि गरि समतामूलक समृद्ध समाज निर्माण गरेरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन।

आफुपनी कृसककै छोरो भएका कारण कृषि प्रती नजिक बाट सुझबुझ भएको हुदा कृषि तथा पशुपालन लाई परम्परागत शैली बाट परिवर्तन गरि आधुनिकिकरण तर्फ उन्मुख नगराए कृषि पेशा भबिस्यमा लोप जस्तै भएर जाने प्रती चिन्ता रहेको हुदा कृषी आधुनिकीकरण गर्न सामुहिक यावसायिक कृषि तर्फ नया सोचका साथ थालनी गरेको गच्छदार ले बताए।

मुलुक कृषीप्रधान देश कहलिए पनि बार्शिक २३ खर्ब भन्दा बढिको खाद्यान्न साथै १८ खर्ब भन्दा बढी माशुजन्य सामान हरु बाहिरी मुलुक बाट आयात गर्दा देशले ठूलो आर्थिक हिस्सा गुमाउनु परेको गुनासो गर्दै गच्छदार ले कमसेकम बिदेशिको मुद्ताको सानो हिस्सा भएपनी रोक्न मद्दत गर्न साथै कमसेकम नगरभरी का सबै नागरिकलाई खाद्यान्न ,तरकारी ,माछामासु उत्पादनमा आत्मनिर्भर बनाउन सके कृषि क्रान्तिले सफलता पाउने साथै पालिका र स्थानिय दुबैको आर्थिक बजबुद रहने बताए।

गच्छदार ले स्थानिय कृसकले उत्पादन गरेको बस्तु भण्डारण गर्न सहज होस भनी करोडौं को लगानिमा कोल्ड स्टोर निर्माण अन्तिम चरणमा पुगिसकेको बताएभने एग्रो प्रोसेसिङ्ग सेन्टर तत्कालै निर्माण गर्न २ करोड ४९ लाख रुपैया आइसकेको र त्यस्कालागी ठाउँ छनौट कार्य चलिरहेको बताए।

ग्रामिण कृषक को उत्पादन सहज रुपमा बजार पाओस भनी उक्त क्षेत्रका नहरको बाटो लाई कालोपत्रे गर्ने कार्य तिब्र बढिरहेको , कृषि तथा पशुपालन लाई सामुदाय स्तर बाट अगाडि बढाउदा सरकार बाट प्राप्त सहयोग तथा सुबिधा सहज हुने बताउदै गच्छदार ले लघु उद्दम अन्तर्गत हरेक बेरोजगार महिला हरुलाइ उद्दमी बनाउन बाणिज्य बैंक सग सहकार्य गरि लघु उद्दम (मेडपा) मार्फत कार्यक्रम अगाडि बढाएको बताए।

पशु प्रवर्द्धन अन्तर्गत १२० थान बाख्रा , बोयर बोका साथै बङ्गुर हरु १०५ थान बङ्गुर बितरण गरिएको बताए। उत्पादित तरकारी बिक्रोबितरणका लागि १२ करोड ९६ लाखको ब्यवस्थित हाटबजार निर्माण अन्तिम चरणमा प्रवेश गर्दै गरेको साथै गोदाम समेत रहने गच्छदारले बताए।

आफू जबसम्म नगरमा रहन्छु तब सम्म कृषक लाई दिलखोलेर साथ सहयोग र हौसला प्रदान गर्ने बताउदै उनले निशुल्क आँखा सम्बन्धी रोगको आफ्नो कार्यकाल भरी आखामा माशुपलाएको,जलबिन्दु ,मोतियाबिन्दु को उपचार गरिने बताए।

एक कदम नचाली गन्तब्य चुम्न नसकिने बताउदै आफुले परिकल्पना गरेको सुन्दर नगरी दुहबिलाइ सार्थकता दिन सुरुगरेका ठुला परियोजना हरुको थालनी भैसकेको बताउदै गच्छदार ले नगर अस्पताल ,वाटरफन पार्क,रङ्गशाला, मेयर आवास योजना, कृसिमल को लागि सहज होस भनी फोहर ब्यावस्थापन केन्द्र ,कोल्ड स्टोर, हाटबजार, कृषि सडक,फुट्बल एकेडेमी,लगायत यिनका नमुना रहेको बताए।

उक्त कार्यक्रमा नगर प्रमुख लगायत उपप्रमुख, कृषि शाखा प्रमुख,काङ्ग्रेस क्षेत्र नम्बर ३ का सभापती मेहदि हुसेन लगायतको उपस्थितिमा स्थानियले सामुहिक धान रोपेका थिए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist