दुहबी / सुनसरीको दुहबी नगरपालिकामा विभिन्न वडामा ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
दुहबीमा मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो सङ्ख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ
दुहबी नगरमा हाल सम्म कुन वार्डमा कति कोरोना संक्रमित
दुहबी नगरपालिकाका ९ कर्मचारी सहित दुहबीमा ८७ जनामा कोरोना संक्रमण देखिएको छ।
दुहबी वडा नम्बर १ मा ५ जना, दुहबी २ मा १२ जना, दुहबी ३ मा ८ जना, दुहबी ४ मा २ जना, दुहबी ५ मा १० जना, दुहबी ६ मा ५ जना, दुहबी ७ मा १ जना, दुहबी ८ मा ६ जना, दुहबी ९ मा ७ जना, दुहबी १० मा ७ जना, दुहबी ११ मा ५ जना र दुहबी १२ मा १३ जना तथा दुहबी बाहिरका ६ जना नगरपालिकाका कर्मचारी सहित ८७ जनामा कोरोना संक्रमण
देखिएका मध्ये १३ जना निको भएका छन भने
आधिकारिक रूपमा कोरोनाबाट दुहबीमा १ जनाको मृत्यु भएको दुहबी स्वास्थ्य शाखाका फोकल पर्सन उचित नारायण साहले जानकारी दिएका छन्।
दुहबीको अक्सिजन सहितको ४५ बेडको आइसोलेसन र १५ बेडको अस्पताल २-३ दिन भित्र संचालन हुने र दुहबीमा ५ जना संक्रमित को को हुन भनेर अहिलेसम्म पत्ता न लागेकाले स्वास्थ्यका कर्मचारी संयन्त्रलाई ट्रेसीङकालागि खटाइएको समेत उनले जानकारी दिएका छन।
विवाह भोज–भतेरको जमघट र अन्य सामूहिक गतिविधिका कारण दुहबी नगर मा सङ्क्रमण फैलिएको स्थानीय हरुले आशंका गरिएको छ ।





