दुहबी/ सुनसरी को दुहबी नगरपालिका प्रमुख बेद गच्छदार ले स्वास्थ्य बिमा गराएका आफ्ना नगर भित्रका नागरिकले कोशी अस्पताल लगायतका अस्पतालमा उपचार गराउदा झेल्नु परेका समस्या लाई मध्यनजर गर्दै दुहबी नगर भित्रै उक्त अस्पताल सन्चालन गरि सेवा प्रदान गरिने बताएका छन। हाल सन्चालनमा रहेको दुहबी वडा नम्बर ८ स्थित अस्थाइ कोभिड अस्पताल तथा आइसोलेशन सेन्टर कै हाताभित्र बिराट मेडिकल कलेज एन्ड टिचिङ्ग हस्पिटल बाट १ जना बिसेसज्ञ डाक्टर र १ जना एम बि बि एस डाक्टर झिकाइने र बिमक हरुले प्रारम्भिक बिन्दुका उपचारहरु ल्याब,ओपिडि सेवा,एक्स रे सेवा,साथै २४ ऐ घन्टा ईमर्जेन्सी सेवाहरु पाउने गच्छदार ले बताए ।
एक कार्यक्रममा बोल्दै गच्छदारले १२ वटै वडाका सम्पुर्ण नगरबासी हरुलाइ वडामा खटाएका स्वास्थ बिमा एजेन्ट मार्फत तत्काल स्वास्थ्य बिमा गराउनु हुन समेत अनुरोध गरेका छन । मानिसको जिन्दगी कति बेला कस्तो रोग लाग्छ ,कतिबेला दुर्घटना हुन्छ थाहा हुदैन भन्दै गच्छदारले प्राइभेट का महङ्गा अस्पतालहरुले ठूलो धनराशि लिनेहुदा गरिब ब्यक्ति हरुले आर्थिक अभाव कै कारण अकाल ज्यान गुमाउनु पर्ने बाध्यता रहदै आएको बताए।
यस्ता समस्या बाट जोगिन र निरोगी जीवन यापन गर्न राज्यले दिएको सुबिधा सदुपयोग गर्न सबैले अनिवार्य स्वास्थ्य बिमा गराउनु पर्नेमा जोड दिदै गच्छदारले आफ्ना नागरिकले सहज र प्रभावकारी सेवा प्राप्त गरुन भन्ने उदेश्य का साथ उक्त अस्पताल सुरुगर्न लागेको बताए।
दुहबी ११ को भलुवा ग्राउन्ड छेउमा १५ सैयाको दुहबी नगर अस्पताल बनाउन डिपिआर सकि ठेक्काको लागि आबस्यक प्रक्रिया अगाडि बढेको भएपनी यो निर्माण सम्पन्न हुन १/२ बर्ष सम्म लाग्ने हुदा उक्त अस्पताल बनिसकेपछी सेवा प्रवाह गराउदा नगरबासिले धेरै सास्ती भोग्नु पर्ने कुरा मध्यनजर गर्दै दुहबी नगर आधारभुत अस्पताल बनी नसकुन्जेल सम्म अस्थायी रुपमै भएपनी दुहबी ८ स्थित आइसोलेशन सेन्टर कै क्षेत्र भित्र सन्चालन गराइ सेवा प्रवाह गर्ने गच्छदार ले बताए।
स्वास्थ बिमा गराएका हरेक नागरिकले रु १ लाख सम्मको निशुल्क उपचार पाउनेछन भने प्रत्यक घरपरिवार का ५ जना सम्मका सदस्य ले एकमुष्ट रु ३५०० बिमा बापत शुल्क तिर्नु पर्ने हुन्छ। यसैगरि ७० बर्ष नाघेका जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य बिमा हुने गरेको छ।




