दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा नम्बर २ वडा नम्बर ३,४ र ८ स्थित संचालनमा रहेको उद्योगहरुले दुशित फोहोर पानी प्रशोधन न गरि पानिलाई सिधै नाला सम्झि पैनिमा फाल्दा दुहबीबासी विभिन्न रोगको उच्च जोखिममा पर्न थालेपछि आईतबार दुहबीका दुई युवा शुभम दाहाल र रोमियो चौधरीले दुहबी नगर प्रमुख वेदनारायण गच्छदार लाई ध्यानाकर्षण पत्र बुझाएको शुभम दाहालले बताए । दाहालका अनुसार दुहबीका सम्बन्धि वडा लगायत कुनै सरोकारवालाले वास्ता न गरे पछि आफुहरु दुहबी नगरलाई प्रदुषण रहित बनाउन दुहबी नगर प्रमुखलाई बाध्य भई सो ध्यानाकर्षण पत्र बुझाएको दाहालले बताए ।
यता अर्का युवा रोमियो चौधरीका अनुसार दुहबीको विभिन्न उद्योगले फोहोर र दुशित पानी प्रसोधन नगरीकन नालामा दुसित पानी र फोहोर फाल्दा स्थानीयहरुमा आँखा पाक्ने , फ़ोहोर दुर्घन्धित हुनाले स्थानीय हरुमा विभिन्न किसिमको रोग देखा पर्दा समेत आफुहरुले भोट दिएर जिताएको जनप्रतिनिधि हरुले समेत वेवास्ता गरेको आरोप समेत लगाए ।
चौधरी भन्छन सो फोहोर प्रदुषणको समस्या नगरले सामाधान गर्न नसके प्रदेश सरकार देखि संघीय सरकारको वातावरण बिभाग सम्म आफू हरु जाने बताए ।
उता दुहबी नगर प्रमुख वेदनारायण गच्छदारले ध्यानाकर्षण पत्र बुझ्दै संघीय सरकारले वातावरणको अधिकार स्थानीय तह बाट कटौती प्रदेश सरकार लाई दिएकोले आफू सो बीसयमा प्रदेश सरकार संग गम्भीर रूपमा पहल गर्ने भन्दै आसवासन दिएको शुभम दाहालले बताए ।
केही हप्ता अगाडि मात्र सो दुई युवाले दुहबीमा फोहोर प्रदुषण बढदै गएको भन्दै सामाजिक संजाल फेसबुमा मार्फत आक्रोश पोखेका थिए ।





