सुनसरीको दुहबी वडा नम्बर ३ घर भएका अन्दाजी बर्स ३६ का सन्तोष हलुवाईको आज बिहान १० बजे को समयमा दुहबी ५ स्थित रहेको आफनै पसल आशा शु सेन्टरमा ईन्भटर सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ। शबलाई पोस्टमाट्म गर्नकालागि कोशी अंचल अस्पताल बिराटनगर पठाएको इप्रका दुहबीले जनाएको छ।




