इटहरीका स्वतन्त्र पत्रकार शालिग्राम पाण्डेलाई प्रहरीले ज्यादती गरेको भन्दै स्वतन्त्र पत्रकार माहासंघ नेपालले कडा कारबाहीको माग माग गर्दै आज प्रेस बिज्ञपति जारी गरेको छ। निष्ठापूर्वक कुनै दलबाट प्रभावित नभई झण्डै २ दशक देखि स्वतन्त्ररुपमा समाजमैत्री व्यवसायिक पत्रकारिता गर्दै आउनु भएका इटहरीबाट प्रकाशित हटलाईन दैनिक तथा जनमत साप्ताहिकका प्रकाशक तथा सम्पादक तथा स्वतन्त्र पत्रकार माहासंघका राष्ट्रिय कोषाध्यक्ष समेत रहनु भएका शालिग्राम पाण्डेमाथि बिहीबार इटहरीको बुधबारे बजारमा प्रहरीले गरेको ज्यादतीको स्वतन्त्र पत्रकार संघ घोर भत्र्सना गर्दै दोषी उपर छानविन गरी कारवाहीको माग गरेको हो।
प्रशिक्षण जनतालाई होइन अब प्रहरीका जवानमा आवश्यक देखिएको भन्दै स्वतन्त्र पत्रकार माहासंघ सुनसरी शाखाका अध्यक्ष खगेन्द्र कार्कीले दुखेसो पोखेका छन्। प्रहरी र समुदायबीचको एक पक्षीय सम्बन्ध कहिलेसम्म ? प्रहरीको ज्यादती जुनसुकै तन्त्रमा यस्तै हो ? भनेर उनले प्रश्न गरे।
प्रहरी मेरो साथी, प्रहरीसँग समुदाय हुनुपर्ने तर जनताको साथी प्रहरी र समुदायसँग प्रहरी हुन नसक्ने किन ? भन्दै आक्रोश पोखेका छन् अध्यक्ष कार्कीले। अध्यक्ष कार्कीका अनुसार इटहरीका व्यापारी व्यवसायीमाथि गरेको गालीगलौज र धम्कीबाट खिन्न हुनुभएका पत्रकारले प्रहरीलाई सम्झाउँदै भनेछन–व्यवसायीले नियम र कानुनको परिधिमा रहेरै बन्द गर्दैछन् । उनीहरुलाई धम्क्याउने काम नगर्नुहोला । अलि राम्रो व्यवहार गर्नुस् । यत्रो महिना लकडाउनमा व्यापार व्यवसाय बन्द गरेर बसेका, नियम र कानुनको पालना गरेर बसेका मध्यम तथा निम्न स्तरका व्यापारी, व्यवसायीले बल्ल अलिकति राहत पाएका छन् । १० बजेसम्म खोल्ने अनुमतिलाई हृदयंगम गर्दै उनीहरु अहिले बन्द गर्दैछन्् । यद्यपि बन्द गर्न केही ढिला भयो भन्दैमा किन गालीगलौज गर्नु हुन्छ ? त्यो पनि सभ्य भाषामा भन्दा भईहाल्छ नि ? त्यस्तो राम्रो होइन मात्र के भनेका थिए प्रहरी पत्रकारतिर फर्किहाले र भने– तपाई को हो ? मलाई सम्झाउने ? बन्द गर्न
नदिने ? भनेर गालीगलौज गर्न थाले । पत्रकारले परिचय पत्र देखाउँदा खोस्न खोज्ने, प्रहरी कार्यालय हिंड मात्र भनेनन् समाचार संकलनमा हिंडेका पत्रकारलाई करिब आधा घण्टाभन्दा बढी समय बाटोमा उभ्याईरहेको विवरण शालिग्रामको मुखबाट सुनेपछि आफू दुखी भएको कार्की बताउँछन्। कार्कीले भने घटनाको छानविनसहित दोषीलाई कारवाही हुनुपर्दछ यदि साँिच्चकै प्रहरीसँग समुदाय हुनुपर्नेहो भने समुदायसँग पनि प्रहरी हुनुप¥र्यो र प्रहरी समुदायको साथी हो भने प्रहरी पनि समुदायको साथी बन्नुप¥र्यो नत्र एक हातले तालि बज्दैन।





