दुहबी / दुहबी नगरपालिका वडा नम्बर ९ को प्रशासनिक भवनको आज उद्घाटन भएको छ। भवन उद्घाटन सगै दुहबी ९ का स्थानियबासिहरुले आफ्नै वडामा नवनिर्मित भवन बाट आवश्यकता अनुसारको सेवा चुस्त र दुरुस्त पाउने भएका छन्।
बिगत लामो समयदेखी जिर्ण भवनबाट सेवा प्रवाह हुदा सेवाग्राहीलाइ सास्ति भ्ग्नुपर्ने अवस्था थियो। आज प्रमुख अतिथि मेयर बेद गच्छादारले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए भने नवनिर्मित भवनमा सिला अनावरण र रिवन काटेर उद्घाटन गरेका थिए।
उद्घाटन पछि बोल्दै मेयर बेद गच्छादारले नवन्र्मित सुबिधा सम्पन्न भवनबाट सेवाग्राहीले उचित सेवा प्राप्तगर्नेमा आफु बिश्वस्त रहेको जनाए।उनले संघिय सरकारले दिने सिमित श्रोत साधनलाइ स्थानिय सरकार सन्चालन, बिकाश निर्माण , रोजगारी शृजना, लघु उद्यमी उत्पादन, नगरप्रमुख छात्राबृति, रंगशाला, साप्ताहिक हाटबजार ब्यावस्थापन, भुमिहिन सुकुम्बासीलाइ घर निर्माण, कृषकलाइ ब्यावसायिक उद्यमी सिर्जना, कोल्ड स्टोर, फोहो ब्यावस्थापन, कृषी प्रसोधन केन्द्र, नगर अस्पताल, स्वास्थ्यचौकि, रोजगार्मुलक शैक्षिक गतिबिधी लगायत थुप्रै क्षेत्रमा अटाउनु पर्ने ब्याध्यता सगै दुहबी नगरपालिकाले धेरै काम सफल गरिसकेको बताएका छन्।
उनले जनताको आकन्क्षा अनुसार धेरै काम गर्न बाकी रहेको स्विकार्दै आगामि एक बर्षको कार्यकालमा आफुले सकेको काम पुरा गर्ने र बाकि काम अर्को जो कोहि मेयर आएपनी आफुले साथ दिने बताए। मुलुकमा ठुलो समस्या रहेको बेरोजगारी समस्यालाइ समाधान गर्न जहा जे कुराको संभावना छ त्यहि सम्भाबित श्रोत परिचालन र लगानीगर्दै स्थानिय युवाहरुलाइ रोजगार शृजना गर्नु पर्ने जनाउदै उनले दुहबीमा हाइड्रोपावरको र पर्यटनको सम्भावना छैन, यस्ताकुरामा ध्वास नलगाइ याहाको बस्तुस्थिति र भुगोलमा आधारीत कृषि क्षेत्रलाइ आधुनिकिकरण र ब्यावसायिकरण गर्दै युवाहरुलाइ कृषिपेशा सग जोडेर रोजगार शृजना गर्न सकिने बताए
उपमेयर मेनुका खतिवडाले नया प्रशासनिक भवन उद्घाटन पछि स्थानियहरु लाभान्वीत हुने बिश्वास ब्यक्त गरिन।
वडा अध्यक्ष मेहेदी हुसैनले आफुले निर्वाचन ताका गरेको बाचा मध्य प्रशासनिक भवन बनाएर वडाबासिलाइ सहज सेवा प्रदान गर्ने एउटा महत्वपुर्ण कार्य गर्न सफल भएको बताए। उनले आफ्नो समयमा राजनितिक र जातिय पुर्वाग्रह नसाधी सबैलाइ आफुले सकेसम्मा संबिधानले तोकेको जिम्बेवारी पुरा गर्न पाउदा खुसि लागेको बताए। धेरै गर्न बाकी रहेको भएपनी क्रमश पुरा गर्दै जाने प्रतिबद्दता ब्यक्त गरेका छन्।
प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरेले स्थानिय सरकार संचालन ऐन र निजामति ऐन बमोजिम रहेर नया भवनबाट कर्मचारीले सहज सेवा प्रवाह गर्न कर्मचारीलाइ निर्देशन दिए।
उद्घाटन कार्यक्रममा प्रजातन्त्र तत्कालिन सोनापुर गा बि स बाट अध्यक्ष र वडा अध्यक्ष बनेका पुर्व जनप्रतिनिधि हौलाइ दुहबी का मेयर गच्छादारले दोसल्हा र प्रमाणपत्र ले सम्मान गरेका थिए।





