• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

काेचिला खबर by काेचिला खबर
04/01/2026
in FEATURE, स्थानीय
45
SHARES
205
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं / बालेन्द्र शाह नेतृत्वको सरकारले काम सुरू गरेसँगै पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि केही विवादित व्यापारीसम्मको स्रोत नखुलेको सम्पत्तिमाथिको अनुसन्धान तीव्र पारिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उच्च तहका राजनीतिक तथा प्रशासनिक नेतृत्व र विवादित व्यापारीमाथिको अनुसन्धान १५ दिनभित्रै सक्ने गरी तीव्र पारेको हो । जेन-जी आन्दोलनको जगमा बनेको नयाँ सरकार गठनसँगै मुलुक धेरैसमयसम्म सम्पत्ति शुद्धीकरणको ग्रे लिष्टमा रहनुहुन्न भन्ने निष्कर्षमा पुगेको सरकारले सम्पत्ति शुद्धीकरणका मुद्दा छिटो सक्न दबाब बढाएको छ ।

बालेन्द्र शाह नेतृत्वको सरकारले काम थालेसँगै पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि केही विवादित व्यापारीसम्मको स्रोत नखुलेको सम्पत्तिमाथिको अनुसन्धान तीव्र पारिएको छ । हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ७ सयभन्दा बढी उजुरी छन् ।

तीमध्ये पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल, मन्त्रीहरू तथा केही विवादित व्यापारीविरूद्धका उजुरीलाई १५ दिनभित्र टुंग्याउने गरी धमाधम काम भइरहेको उच्च सरकारी स्रोतले जानकारी दिएको छ । कान्तिपुर टेलिभिजनको सम्पर्कमा आएका स्रोतका अनुसार नेता तथा उच्च प्रशासकका आफन्तको बैंकमा जम्मा भएको शंकास्पद रकमको विवरण अहिले अध्ययन भइरहेको छ ।

कतिसम्म भने अमेरिका, अस्ट्रेलिया, क्यानडासहित खाडी मुलुकमा गरिएका नेपाली लगानीका विषयमा समेत विवरण खोज्ने काम भइरहेको छ । तिनैमध्ये पूर्वउर्जामन्त्री दीपक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआइबीले आइतबार नियन्त्रणमा लिइसकेको छ भने विवादित व्यवसायी दिपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखिएको छ ।

राजनीतिक नेतृत्वसँगको मिलेमतोमा भट्टले जलविद्युत्, बैंक बीमालगायतका सार्वजनिक ठेक्का हात पारेको आरोप लाग्ने गरेको छ । अध्यागमन स्रोतका अनुसार कालोसूचीमा परेसँगै भट्टले अब देश छाड्न पाउने छैनन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टाक्स फोर्स–एफएटीएफले नेपाललाई ग्रे लिष्टमा राखेको छ ।

यसबाट बाहिर आउनका लागि सम्पत्ति शुद्धिकरणसम्बन्धी ठूला मुद्दाको निरूपण गर्नुपर्नेछ । यो सूचीमा रहँदा नेपालको अन्तर्राष्ट्रियस्तरमा छबि धुमिल भएको छ, जसलाई सुधार गर्न र बाह्य लगानीकर्ताको विश्वास जित्नका लागि सरकारले दबाब बढाएको हो ।

सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापका वित्तीय लगानी निवारणका लागि बनेका कानुन कार्यान्वयन फितलो भएको भन्दै गत वर्षको फ्रेब्रुअरी २१ बाट एफएटीएफले नेपाललाई कालोसूचीमा राखेको थियो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ नजिकको मताधिकार पाएसँगै बालेन्द्र शाह नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा अघि बढाउने क्रम तिव्र बनाएको हो । विभागमा रहेकामध्ये ठूला मुद्दालाई प्राथमिकता दिएर छिटो टुङग्याउनुपर्ने दबाबमा सरकार रहेको छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026
उपभोक्त अधिकारकर्मी भन्छन्- कर छुट दिएर इन्धनको मूल्य घटाउनुपर्छ

उपभोक्त अधिकारकर्मी भन्छन्- कर छुट दिएर इन्धनको मूल्य घटाउनुपर्छ

04/05/2026
मिडियाको घाँटी निमोठ्ने सरकारी निर्णयले प्रेस स्वतन्त्रता संकटमा

मिडियाको घाँटी निमोठ्ने सरकारी निर्णयले प्रेस स्वतन्त्रता संकटमा

04/04/2026
नेपाल पत्रकार महासंघ द्वारा सरकार लाई निर्णय फिर्ता लिन ३ दिने अर्टिमेटम ।

नेपाल पत्रकार महासंघ द्वारा सरकार लाई निर्णय फिर्ता लिन ३ दिने अर्टिमेटम ।

04/03/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist