दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ स्थित फोहोर प्रशोधन केन्द्रमा भारतिय सरकारले करोडौ लगानी गरेको छ। प्लास्टीक जन्य फोहोर, सिसा जन्य फोहोर, साथै डिग्रेडेवल र नन डिग्रेडेवल फोहोरलाइ प्रशोधन गरी मल्टिप्रपोज सेग्रीगेशन गर्ने उदेश्यले १८ करोड ३५ लाख ६८ हजार ७६१ रुपैया बराबरको टेन्डर लागाइ तत्काल कार्य सम्पन्न गर्ने लक्ष सहित आज दुहबी नगरप्रमुख बेद गच्छादार र भारतिय राजदुतावासका प्रथम सचिव नारायण सिहले उक्त योजनाको सिलान्यास गरेका छन्।
धार्मिक अनुष्ठानका साथ इट्टा प्रतिस्थापन सिलालेख अनावरण गरी प्रोजेक्टको सिलान्यास गरेका हुन्। कार्यक्रमका सभापति दुहबी ४ का वडा अध्यक्ष मुस्तकिम मियाको अध्यक्षता मा आयोजित कार्यक्रममा प्रमुख अतिथि बेद नारायण गच्छादार, उपमेयर मेनुका खतिवडा, बुढी गंगाका अध्यक्ष जितनारायण थापा, प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरे , दुतावासका प्रथम सचिव नारायण सिँह, प्रदेश योजना आयोगका अध्यक्षता सरोज कोइराला , दुहबीका १२ वटै वडा अध्यक्ष हरु, लगाय्तको उपस्थिति रहेको थियो।
कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर गच्छादारले भारतिय सरकारले दुहबीको फोहोरलाइ ब्यवस्थित गर्न आफुले गरेको प्रस्तावलाइ स्विकार्दै करोडौ लगानी गरेकोमा भारत सरकारलाइ धन्यवाद दिएका छन्। यस प्रोजेक्टले दुहबीको फोहोर ब्यावस्थापन मात्रै नभै स्थानिय युवाहरुमा रोजगारीको शृजना, कृषक हरुलाइ आवश्यक मल उत्पादन साथै बुढीगंगा, बिराटनगर, इनरुवा , गढी लगायत बढ्दो सहरिकरण ले शृजना गरेको वातावरण प्रदुषण नियन्त्रण गर्न समेत अहम भुमिका खेल्ने उनले जनाए।
अहिले टेन्डर लागेको लगभग साढे १८ करोडको यस प्रोजेक्टमा थप ५५ करोड सम्म लगानी भित्रीने हुदा पब्लिक प्राइभेट पार्टनरसिप अन्तर्गत नमुना का रुपमा दुइ देशको मित्रता र साझेदारी बिकाश को मोडेल समेत अगाडि बढ्ने बिस्वास लिएको छु, उनले भने। बुढीगंगा गाउपालिका अध्यक्ष जितनारायण थापाले रोटिबेटीको सम्बन्ध रहदै आएको भारत नेपालको सम्बन्धलाइ यस प्रोजेक्टको माध्यमबाट अझ प्रगाढ सम्बन्ध बन्दै जाने बताए।
कार्यक्रमका सभापति मुस्तकिम मियाले संघियता लागु भएसगै बिदेशी अनुदानमा यति ठुलो लगानी भित्राउने दुहबीका मेयर गच्छादारको कर्मठ र बिकाश योजनाका परिकल्पनाकार साहसि ब्यक्ति लाइ सबैले सलाम गर्नुपर्ने जनाए। भारतिय राजदुतावासका प्रथम सचिव सिंहले नेपाल भारतको सम्बन्ध परापुर्वकाल देखि अटल रहदै आएको र यसले थप प्रगाढ बनाउने आफुले बिश्वाल दिलाएको जनाए।





