दुहबी / सुनसरी ३ की एमाले उम्मेद्वार भगबती चौधरीको शालिन अभिव्यक्ती,प्रचारशैली र बिकासप्रेमी छबीका कारण मतदाताहरुको मनमा बस्दै गरेको सुनसरी ३ का मतदाता हरु बताउछन ।
ईमान्दारिता र नर्म शैली र बिकासप्रेमी छबीका कारण सुनसरी ३ का मतदाताहरु यस पटक पनि भगवती चौधरी लाईनै बिजय गराउने तर्फ उत्साहित देखिन्छ ।
भगबती चौधरीले आफू गर्न नसक्ने झुठो आश्वासन नदिने, अरु उम्मेद्वारको आलोचना नगर्ने, भ्रष्ट्राचार नगर्ने तर शुसासनका लागि लडने प्रतिबद्धता जनाउनुभएको छ ।
एमाले उम्मेद्वार चौधरीले अघिल्लो चुनाबबाट बिजयी भएपछि तीन बर्षमा तीन अर्व २१ करोड बजेट सुनिश्चित गरेर सुनसरी ३ मा बिकास योजना संचालन गरेको बताउनु भएको छ । ती मध्ये केहि योजना पुराहुन वाँकी छन, कामपूरा गर्ने जिम्मेबारी दिन जनता समक्ष भगबती चौधरीले आग्रह गर्नुभएको छ।
उहाँले २७५ बिपन्न परिवार लाई घर बनाएर दिनु भएको छ । दुइबर्षभित्र थप ४ सय परिवार लाई घर बनाएर दिने योजना छ । चौधरीले हालसम्म २ हजार बढीलाई प्रत्यक्ष रोजगारी दिलाएको र ५० हजार बढी महिलालाई आत्मनिर्भर बनाएको जनाउनुभयो ।
२०७९ को चुनाबमा काँग्रेसका बिजय गच्छदार लाई ५१८८ मतान्तरले पराजीत गरेकी चौधरी संसदमा जनताको समस्या र हीतमा धेरै आवाज उठाउने मध्ये एक हुनुहुन्छ ।




