• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

काेचिला खबर by काेचिला खबर
02/19/2026
in FEATURE, स्थानीय
116
SHARES
526
VIEWS
Share on FacebookShare on Twitter

 

सुनसरी / निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर-३ मा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रेका छन्।

प्रमुख राजनीतिक दलका केन्द्रीयस्तरका प्रभावशाली नेताबिच नै प्रतिस्पर्धा हुने देखिएको हो। नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नेकपा (एमाले) का नेतृ भगवती चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरीबिच प्रतिस्पर्धा हुने भएकाले यस क्षेत्रको निर्वाचनलाई विशेष रूपमा हेरिन थालिएको छ।

अघिल्ला सात निर्वाचनमा निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गच्छदारलाई २०७९ सालको निर्वाचनमा भने नेकपा (एमाले) का नेतृ एवं पूर्वमन्त्री भगवती चौधरीले पराजित गरेका थिए।

अहिले यही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनौती थपेको गढी–५ का स्थानीय मतदाता सुरेन्द्र यादवले बताए। पाँच पटक उपप्रधानमन्त्रीसहित १३ पटक मन्त्री भइसकेका गच्छदार पुरानै बिरासत जोगाउने पक्षमा छन्।

उनको यो आठौँ चुनावी प्रतिस्पर्धा हो। त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र राज्यमन्त्रीको केही महिना अनुभव बटुलेकी चौधरी आफ्नो गत निर्वाचनको जितलाई जोगाउने दौडमा छन्।

भगवति चौधरीको जनतामा केही बढि लोकप्रियता बढदै गएको देखिन्छ ।

यस क्षेत्रबाट गच्छदार २०६४, २०७० सालको संविधान सभा र २०७४ सालमा प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो भने चौधरी २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भए।

गच्छदार सुनसरी क्षेत्र नम्बर २ र ३ बाट २०४८ सालयता निर्वाचन जित्दै आएका थिए। उनले सुनसरीबाट २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा निर्वाचन जितेका हुन्। उनी आमनिर्वाचन २०४८, २०५१ र २०५६ मा नेपाली कांग्रेसबाट उम्मेदवार एका थिइ।

त्यसबेला सुनसरी क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए। सुनसरी क्षेत्र नं. २ त्यसबेला अहिलेको क्षेत्र नम्बर ३ को भूगोलमा थियो।

मधेश आन्दोलनपछि २०६४ सालको संविधान सभामा मधेशी जनअधिकार फोरमबाट चुनाव लडेर विजयी भएका थिए। दोस्रो पटक भएको संविधान सभा निर्वाचन २०७० सालको निर्वाचनअघि फोरम फुटाएर आफ्नै नेतृत्वमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेर सोहीबाट निर्वाचनमा बाजी मारे। फेरी २०७४ को निर्वाचनमा पुनः नेपाली कांग्रेसमा फर्किएर निर्वाचनमा विजयी भएका थिए।

गत निर्वाचनमा क्षेत्र नम्बर ३ मा चौधरीले ४० हजार ७८८ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वीमा गच्छदारले ३५ हजार छ सय पाएका थिए।

यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट दुर्गेश चौधरी, जसपा नेपालबाट बद्रीप्रसाद यादव, आमआदमी पार्टीबाट रोहन साह, नेमकिपाबाट प्रकृति बासी, समावेशी समाजवादी पार्टीबाट किशोर कुमार विश्वास, नेकपा (माओवादी) बाट आशुतोष ढुङ्गेल, श्रम संस्कृति पार्टीबाट रामप्रसाद सदा , प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रमोद पौडेल, आमजनता पार्टीबाट रोशनकुमार साह, सार्वभौम नागरिक पार्टीबाट कृष्णकुमार चौधरीसहित २० जना प्रतिस्पर्धामा छन्।

यस क्षेत्रबाट चितनारायण चौधरी, कुमारी उराँव, सुमनकुमारी चौधरी र कासनी थरुनीसहित चार जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जनाकारी दिएका छन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist