• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

काेचिला खबर by काेचिला खबर
01/24/2026
in FEATURE, स्थानीय
49
SHARES
222
VIEWS
Share on FacebookShare on Twitter

 

नेपालको कानुनत: साठी वर्ष उमेर पुगेकाहरू ज्येष्ठ नागरिक हुन् । ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा २ ले ज्येष्ठ नागरिकको परिभाषा गरेको छ । जहाँ साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनेर सम्झनुपर्छ भनेर परिभाषित गरिएको छ ।

सरकारी कर्मचारी, सुरक्षा निकाय लगायतका कैयन जिम्मेवारीमा ज्येष्ठ नागरिकलाई बन्देज छ । तर, राजनीतिमा यस्तो छैन । जनप्रतिनिधि हुनका लागि उमेरको न्युनतमहद छ । अधिकतम उमेरहद राखिएको छैन ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन २५ वर्ष पूरा हुनुपर्छ । अधिकतम जति वर्ष भए पनि उम्मेदवारका लागि बन्देज छैन । यस्तो सुविधानको भरपुर उपयोग जेष्ठ नागरिकले गर्दै आएका छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार ८७ वर्षका व्यक्ति समेत चुनावी मैदानमा उत्रिएका छन् । २१ फागुनमा हुने निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार चार सय ८७ जनाको उम्मेदवारी छ । यसमध्ये ६० वर्ष वा ६० वर्ष भन्दा माथिका उम्मेदवारको संख्या ४९८ रहेको छ ।

६० वर्षका मात्रै ६२ जना छन् । ६१ वर्ष देखि ८० वर्ष उमेर समूहका उम्मेदवारको संख्या ४२९ छ । ८० वर्ष वा सो भन्दा माथिका उम्मेदवारको संख्या सात रहेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा ८७ वर्षीय पूर्वप्रशासक मदनदेव आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मनोनयन दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रशासक आचार्यले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आफूले उम्मेदवारी दिएको बताएका थिए ।

झापा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट ८३ वर्षीय हिरण्यप्रसाद भट्टराईको उम्मेदवारी परेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा ८२ वर्षीय पञ्चकुमारी मानन्धरको स्वतन्त्र उम्मेदवारी छ ।

महोत्तरी–१ मा ८१ वर्षीय प्रेमबहादुर राना मगर र रुपन्देही–५ मा ८१ वर्षीय जयनारायण काफ्लेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

ओखलढुंगा १ मा राष्ट्रिय जनमोर्चाबाट ८० वर्षीय शेरबहादुर खत्री प्रत्यक्षतर्फ चुनाव लड्दैछन् ।

अर्का एक जना नागरिकतामा गलत मिति भएका कारणले ८० वर्ष माथिका उम्मेदवारको सूचीमा परेका छन् । ती हुन्– सर्लाही २ मा उम्मेदवारी दिएका महिन्द्र राय यादव । नागरिकता अनुसार उनको उमेर ८८ वर्ष छ । तर, उनको वास्तविक उमेर ७१ वर्ष हो । ७१ वर्ष आफैंमा जेष्ठ उमेर त हुँदै हो ।

स्वतन्त्र र पुराना दलबाट धेरै

जेष्ठ सदस्यलाई उम्मेदवार बनाउनेमा पुराना दलहरू अगाडि छन् । स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि उल्लेख्य छ ।

निर्वाचन आयोगको तथ्यांक अनुसार ६० वर्ष उमेर समूहका स्वतन्त्र उम्मेदवारको संख्या १३ छ । स्वतन्त्र उम्मेदवारी दिनेमा ६१ देखि ८० वर्ष उमेर समूहका ९४ जना छन् । ८१ वर्ष माथिका ४ जना छन् । अर्थात्, कुल स्वतन्त्र जेष्ठ उम्मेदवारको संख्या १११ जना रहेको छ ।

नेपाली कांग्रेसले ६० वर्षका पाँच जनालाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट ६१ वर्ष माथिका उम्मेदवारको संख्या ५० छ । यो पार्टीबाट कुल जेष्ठ उम्मेदवारको संख्या ५५ रहेको छ ।

चितवन ३ मा कांग्रेसबाट ७७ वर्षीय टेकप्रसाद गुरुङ र मोरङ ६ मा ७५ वर्षीय शेखर कोइराला उम्मेदवार छन् । सुनसरी ३ मा ७२ वर्षीय विजय कुमार गच्‍छदार उम्मेदवार छन् ।

बारा ३ का उम्मेदवार फरमुल्लाह मन्सुर, मोरङ १ का उम्मेदवार टेकबहादुर गुरुङ र रुपन्देही ५ का उम्मेदवार भरतकुमार साह ७१/७१ वर्ष पुगे ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट उम्मेदवार रहेका विनोदकुमार चौधरी र अछाम १ का उम्मेदवार भरतकुमार स्वार ७०/७० वर्षका भए ।

सुनसरी ४ मा उम्मेदवार रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, धनुषा ३ का उम्मेदवार विमलेन्द्र निधि, पर्सा ४ का उम्मेदवार रमेश रिजाल र पर्वत १ का उम्मेदवार अर्जुनप्रसाद जोशी ६९/६९ वर्ष पुगे

कांग्रेसबाट ६८ वर्षीय मिनेन्द्र रिजाल मोरङ २ बाट उम्मेदवार छन् । डोटी १ का उम्मेदवार भरतबहादुर खड्का पनि ६८ वर्ष पुगे ।

महोत्तरी ४ मा कांग्रेसबाट उम्मेदवार महिन्द्र यादव, नुवाकोट १ का उम्मेदवार प्रकाशशरण महत, चितवन १ का उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र जुम्ला १ का उम्मेदवार दीपबहादुर शाही ६६/६६ वर्षका भए ।

एमालेको पनि उस्तै तथ्यांक

नेकपा एमालेबाट ६० वर्षका ८ जना र ६१ वर्ष माथिका ४५ जना गरेर ५३ जना जेष्ठ सदस्य विभिन्न क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली आफैं ७४ वर्षका भए । उनी झापा ५ बाट उम्मेदवार छन् । उनी २०४८ साल यताका सदाबहार उम्मेदवार हुन् ।

पर्सा ४ मा ७८ वर्षीय जालिममिया मंसुरी एमालेबाट उम्मेदवार छन् । काठमाडौं ५ मा इश्वर पोखरेल उम्मेदवार छन् । पोखरेल ७२ वर्षका भए ।

निवर्तमान सभामुख समेत रहेका ६९ वर्षीय देवराज घिमिरे झापा २ बाट उम्मेदवार छन् । झापा ३ मै एमालेका उम्मेदवार हरिबहादुर राजवंशी र सुनसरी ४ का उम्मेदवार जगदीशप्रसाद कुशियेत ६६/६६ वर्षका भए ।

लमजुङ १ का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ, सिरहा ३ का उम्मेदवार लिलानाथ श्रेष्ठ र दाङ १ का उम्मेदवार रेवतीरमण शर्मा घिमिरे ६८/६८ वर्षका भए ।

सप्तरी १ का उम्मेदवार सुमनराज प्याकुरेल र रुपन्देही १ का उम्मेदवार दधिराम न्यौपाने ६७/६७ वर्षका भए ।

रुपन्देही २ का उम्मेदवार विष्णुप्रसाद पौडेल, कैलाली ४ का उम्मेदवार लेखराज भट्ट ६६/६६ वर्षका भए । कांग्रेस छाडेर एमालेबाट कपिलवस्तु ३ मा उम्मेदवारी दिएका वीरेन्द्रकुमार कानोडिया पनि ६६ वर्ष पुगे ।

सिरहा ४ मा ६५ वर्षीय धर्मनाथप्रसाद साह उम्मेदवार छन् ।

नेकपामा केही कम

कांग्रेस र एमालेको तुलनामा नेपाली कम्युनिस्ट पार्टीबाट केही कम संख्यामा जेष्ठ सदस्य उम्मेदवार छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट ६० वर्ष उमेर समूहका एक जना र ६१ वर्ष माथिका ३६ जना उम्मेदवार छन् । अर्थात्, यो पार्टीले ३७ जना जेष्ठ नागरिकलाई उम्मेदवार बनाएको छ ।

रुकुम पूर्वबाट उम्मेदवार रहेका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ७० वर्षका भए । नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट १ मा उम्मेदवार छन् । नेपाल ७२ वर्षका भए ।

तेह्रथुम १ मा ६७ वर्षीय रणध्वज लिम्बू, मोरङ २ मा ७० वर्षीय चन्द्रवीर राई, खोटाङ १ मा ६७ वर्षीय हरि रोका, सिरहा ३ मा ७२ वर्षीय विश्वनाथ साह, धनुषा १ मा ६७ वर्षीय मातृकाप्रसाद यादव, धनुषा २ मा ७१ वर्षीय रामचन्द्र झा उम्मेदवार रहेका छन् ।

महोत्तरी १ मा ६८ वर्षीय गिरिराजमणि पोखरेल, महोत्तरी ३ मा ६९ वर्षीय राजकिशोर साह, सर्लाही ३ मा ६६ वर्षीय नारायणकाजी श्रेष्ठ, धादिङ १ मा ६९ वर्षीय राजेन्द्रप्रसाद पाण्डे, धादिङ २ मा ६६ वर्षीय रामबहादुर भण्डारी, कास्की ३ मा ७० वर्षीय गोपाल गिरी उम्मेदवार छन् ।

पाल्पा २ मा ७० वर्षीय सोमप्रसाद पाण्डे, दैलेख १ मा ७० वर्षीय अम्मरबहादुर थापा, अछाम १ मा ७० वर्षीय भीमबहादुर रावल, कञ्चनपुर ३ मा ७० वर्षीय मानबहादुर सुनार उम्मेदवार रहेका छन् ।

राप्रपामा ४५, रास्वपाबाट ३

राप्रपाबाट ६० वर्ष उमेर समूहका ९ जना उम्मेदवार छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ६० वर्षका भए । उनी झापा ३ बाट उम्मेदवार छन् । राप्रपाबाट ६१ वर्षमाथिका ३६ जना उम्मेदवार छन् । समग्रमा राप्रपाबाट ४५ जना जेष्ठ नागरिक उम्मेदवार छन् ।

जनता समाजवादी पार्टी नेपालबाट ६० वर्ष उमेरका २ जना र ६१ वर्ष माथिका १५ गरेर १७ जना जेष्ठ नागरिक उम्मेदवार रहेका छन् ।

उज्यालो नेपाल पार्टीबाट पनि १० जना जेष्ठ नागरिक उम्मेदवार छन् । एक जना ६० वर्षका छन् भने बाँकी ९ जना ६१ वर्ष माथिका छन् ।

श्रम संस्कृति पार्टीबाट ६ जना जेष्ठ नागरिक उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जेष्ठ नागरिक समूहबाट उम्मेदवार हुनेको संख्या ३ छ । ६० वर्षीय देवराज पाठक दाङ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार छन् । रास्वपाले ६३ वर्षीय विक्रम थापालाई कपिलवस्तु २ र ६५ वर्षीय सिताराम साहलाई सप्तरी ४ मा उम्मेदवार बनाएको छ ।

 

 

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist