दुहबी / दुहबी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनको सोमवार उद्घाटन गरिएको छ। दुहबी नगर प्रमुख वेदनारायण गच्छादरले रिवन काटेर भवन उद्घाटन गरेका हुन्। वडा अध्यक्ष रमेश रौनियारको अध्यक्षता मा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेयर वेद गच्छादार, उपमेयर मेनुका खतीवडा, वडा अध्यक्ष ज्युहरु, सदस्य ज्युहरु कार्यपालिका सदस्य हरु र प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरे लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि समेत रहेका गच्छादारले दुहबीका १२ वटा वडा कार्यालयहरु मा हाल सबै वडाको भवन र हेल्थपोस्ट निर्माण सम्पन्न भइसकेको बताए। ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ नगरप्रमुख ले भने, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं।’
आफुले नगर अस्पताल भवन लुनकरणदास गंगादेवी च्यारिइटि मै बनाउने लक्ष लिएर उक्त ट्रस्टका मालिक सग कुरा गरेको साथै मनाउन हरेक प्रयास गर्दा नमानेपछि तनमुना सारेको समेत खुलाए। मानबिय बिकासमा दुहबीले ठुलो रकम खर्चिएको जस्ले हजारौको संख्यामा जेन जी पुस्ताहरु रोजगार बनेको भन्दै उनले दुहबी कोशि हाइवेअको बाकी रहेको ६३० मि सडक को श्रोत सुनिस्चित भैसकेको हुदा चाडै काम सुरुहुने समेत बताए ।
वडा नम्बर ५ का वडा अध्यक्ष रमेश रौनियारले वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिएका हुन ।





