दुहबी / प्रबिधिको सहि प्रयोग गरौ, लैङ्गिक हिँसा अन्त्य गरौ ” भन्ने अन्तरास्ट्रीय नाराका साथ आज देखी रास्ट्रीय अन्तरास्ट्रीय रुपमा लैँगिक हिंसा बिरुद्दको १६ दिने अभियान सुरु भएको छ। दुहबी नगरपालीकाले पनी उक्त अभियानलाइ आजदेखी सुरु गरेको छ। नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म चल्ने उक्त अभियान आज दुहबी वडा नम्बर ९ को राधाकृष्ण सभाहल मा नगर प्रमुख वेद नारायण गच्छादारले ब्यानर वाचनगरी उद्घाटन गरेका हुन्।
कार्यक्रम उद्घाटन पछि बोल्दै गच्छादारले आधुनिक दुनियामा प्रबिधि हिँसाको कारण महिला सगै पुरुष समेत पिडित हुन थालेको जनाएका छन्। पुरातन समाजमा हिँसा लुकाउने चलन र पुरुषले महिलामाथी गर्ने चरम दुर्ब्यावहारले गर्दा हिँसा उत्कर्षमा बढ्दै गएको भए पनि आजको डिजिटल प्रबिधिले समेत हिंसा थप बढावा दिदा समाजमा समस्या चुलिदै गएको प्रति चिन्ता गर्दै उनले यस्तो जघन्य अपराध गर्ने लाइ नेपाल सरकारले कडा कानुन बनाइ कार्यन्वयमा ल्याउन जोड दिए।
न्युन, मध्यम र उच्च ३ तहका नागरीक मध्य सबै भन्दा बढी मध्यमबर्गिय समाजहरु यसको चपेटामा पिल्सिएको भन्दै नगर प्रमुख गच्छादारले प्रबिधिक कम्पनिहरुले आफ्नो प्लेटफर्म सुरक्षित राख्नु पर्ने र अन्तरास्ट्रीय तातृनिकाय हरुबाट प्राप्त रकम महिलाबादी संगठनले सहि र उपर्युक्त लगानी गर्नु पर्ने जिकिर गरेका छन्। आजकाल शिक्षामा हरेक समुदाय ठुलो लगानी गरी अध्यापन गराउछन तर रोजगार छैन, शैक्षिक बेरोजगार , अशिक्षा, र चेतनाको अभाव रहेसम्म यस्ता कार्यक्रम मात्रै गरेर हिँसा न्युन नहुने उनले बताए।
दुहबी नगर उप प्रमुख मेनुका खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष मेहेदी हुसैन, इप्रका दुहबीका सइ किष्ण श्रेस्ठ, लगायत नागरिक समाज , पत्रकार र महिला अधिकारकर्मी हरुको बाक्लो उपस्थिति रहेको थियो । उपमेयर खतिवडाले कार्यक्रमको औचित्य माथि प्रकस पार्दै आफु पनि हिँसा गर्दिन , गर्न दिन्न र सहदिन भन्दै हरेक महिलाले अभियान चलाउनु पर्ने आवश्यकता रहेको जनाइन्।




