दुहबी / दुहबी खानेपानी मुल उपभोक्ता समितिले खानेपानीमा ४०% शुल्क बढाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी दुहबी नगर समितिले दुहबी खानेपानीका अध्यक्ष जिबन थापालाई ध्यान आकर्षण पत्र बुझाएको छ ।
ध्यान आकर्षण पत्र यस्तो छ :
उपरोक्त सम्बन्धमा दुहबी नगरपालिका अन्तर्गत रहेको दुहबी खानेपानी संस्थानले जनता सँग समन्वय नगरी तथा जनतालाई सुचनाको हक बाट वञ्चित गरी दोहोरो मूल्य वृद्धि गरिएको जनगुनासो आइरहेको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी दुहबी नगरपालिका समितिको ध्यान आकर्षण भएको छ। यसरी जनतालाई खबर नगरी खानेपानीको महसुल बढाउनु निन्दनीय छ तसर्थ यो मूल्य वृद्धि तत्काल फिर्ता लिई जनताको गुनासो अनुमोदन गरेर यथासिघ्र यो समस्याको समाधान गर्नु हुन यही ध्यानाकर्षण पत्र बाट हार्दिक अनुरोध गर्दछौ।





