• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

७ वटा फार्मेसी सिल ।

काेचिला खबर by काेचिला खबर
01/11/2026
in FEATURE, स्वास्थ्य
59
SHARES
269
VIEWS
Share on FacebookShare on Twitter

 

विराटनगर / विराटनगरस्थित नोबेल शिक्षण अस्पताल आसपास सञ्चालनमा रहेका ७ वटा फार्मेसी (औषधि पसल)मा सिल गरिएको छ ।

बिरामी ठग्ने फार्मेसीमाथि प्रशासनले कारबाही सुरु गरेको छ औषधि पसलहरूले बिरामी र उनीहरूका आफन्तलाई ठगी गरिरहेको विषय सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले सघन अनुगमन गर्दै ती फार्मेसीहरू सिलबन्दी गरेको हो ।

नोबेल अस्पताल अगाडि तथा आसपास सञ्चालित १४ वटा फार्मेसीमा शुक्रबार आकस्मिक रूपमा अनुगमन गरिएको थियो । त्यस क्रममा गम्भीर लापरबाही, कानुनविपरीत औषधि बिक्री र बिरामीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालका अनियमितता भेटिएपछि ७ वटा फार्मेसीमा तत्काल ताला लगाइएको प्रशासनले जनाएको छ ।

सिलबन्दीमा पर्ने फार्मेसीहरूमा सीताराम, छिन्नमस्ता, धनगढी माई मेडिकल, सुसंस्कृति, गोल्ड, मित्र र आविष्कार रहेका छन् । औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काका अनुसार फार्मेसीहरूले बिना दर्ताका विदेशी औषधि बिक्री गर्ने, म्याद गुज्रिएका औषधि राख्ने तथा चिकित्सकको सिफारिसभन्दा बाहिरका औषधि बिरामीलाई जबर्जस्ती भिडाउनेजस्ता गम्भीर लापरबाही गरेका थिए ।

‘बिरामी ठगिएको गुनासो आएपछि हामीले यसलाई सामान्य रूपमा लिएनौँ,’ सूचना अधिकारी खड्काले भने, ‘अनुगमन गर्दा अधिकांश फार्मेसीले कानुनी मापदण्ड पालना नगरेको, मूल्यमा मनपरी गरेको र बिरामीको स्वास्थ्यलाई जोखिममा पार्ने काम गरेको पुष्टि भएपछि सिलबन्दी गर्नु परेको हो ।’ अनुगमनकै क्रममा मित्र फार्मेसीले बिरामीलाई आवश्यक नपर्ने औषधि समेत थमाइदिएको, चर्को मूल्य असुलेको र ठगी गरेको तथ्य खुलेको थियो ।

त्यसपछि सरकारी निकायले तत्काल ‘एक्सन’ लिँदा स्थानीय र बिरामीका आफन्तहरूले प्रशासनको कदमलाई सकारात्मक रूपमा लिएका छन् । विभागले सिलबन्दी गरिएका फार्मेसी सञ्चालकहरूमाथि औषधि ऐनअनुसार थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।

नोबेल शिक्षण अस्पतालजस्तो ठूलो उपचार केन्द्र वरिपरि बिरामीको कमजोरीको फाइदा उठाएर गरिएको ठगी नियन्त्रण गर्न अब नियमित अनुगमन र कडा निगरानी गरिने विभागले उल्लेख गरेको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

03/12/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist