दुहबी / सुनसरीको दुहबीमा आयोजित चौथो संस्करणको मिसेज तिज २०८१ को उपाधी दुहबी ८ की अस्मिता मण्डलले चुमेकि छिन । हिन्दु नारिहरुको महान चाड हरितालिका तिजको अवसर पारेर दुहबी जेसिजले बिगतमा झै यसपालि समेत ”’मिसेज तीज २०८१” आयोजना गरेको थियो । हरितालिका तिज बिषेश कार्यक्रमको फाइनल प्रतियोगिता आफ्टर डार्क पार्टी प्यालेसमा भएको थियो।
२५ जना सहभागीहरुलाइ पछि पार्दै मण्डलले सो उपाधी चुम्न सफल भएकि थिइन । उपाधी सगै मण्डलले ताज, गिफ्ट हेपर र नगद २५ हजार १ सय प्राप्त गरेकि छिन् । प्रतियोगिताको फस्ट रनर अप बबिता चौधरी घोषित भएकि छिन्।
उनले ताज, गिफ्ट हेम्पर र नगद २०,१०० प्राप्त गरिन्। यसैगरी दोश्रो रनर अप शान्ति रेग्मी घोषित भएकि थिइन्।उनले गिफ्ट हेम्पर, ताज र नगद १५,१०० प्राप्त गरिन्।
बिजयी तिनै जनालाइ प्रमुख अतिथि दुहबी नगरप्रमुख वेदनारायण गच्छादारले उक्त पुरस्कार राशीहरु प्रदान गरेका थिए। बिभिन्न बिधामा उत्कृष्ट १५ जनालाइ जनही ५ हजार १ सय प्रदान गरिएको थियो। दुहबी नगर पालिका प्रमुख प्रशासकीय अधिकृत हिमालय बराल, दुहबी नगरपालिका प्रमुख कि फस्ट लेडी संगिता गच्छादार, बुढीगंगा गाउपालिका कि उपाध्यक्ष , र सुभास अग्रवालले उक्त राशी प्रदान गरेका थिए ।

भदौ १३ गते देखि सुरु भएको प्रतियोगितामा कुशल नेतृत्व , सवल ब्यक्तित्व उत्पादन गर्ने उदेश्यले तालीमको आयोजना गर्दै दुहबी नगरपालिकाको १२ वटा वडा, बुढीगंगा गाउँपालिका र गढी गाउँपालिकाका २५ जना महिला हरुको सहभागिता रहेको प्रतियोगितामा दुहबी नगरपालिकाको संयोजन रहेको थियो ।





