दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्वर १ र बुढीगंगा गाउँपालिका वडा नम्बर ५ को सिमानामा पर्ने बुढीखोलामा माटो र बालुवा प्रसोधनको नाममा नदि दोहन हुँदा समेत सरोकारवालाहरु मौन रहेको छ ।
मापदण्ड विपरित गैरकानूनीरुपमा अवैध किसिमले खोला दोहन र उत्खनन गरेर जनतालाइ दुख दिन भुमाफिया र माटो
कारोवारीहरुलाइ लाइसेन्स दिएको भन्दै स्थानियहरु आक्रोसित भएका छन ।
बुढीखोलामा डोजर लगाएर १०–१५ फिट सम्मको गहिरो भंगालो बनाउँदा समेत सरोकारवालाहरु बेखवर रहेको पाइएको छ ।
स्थानियको खेतीयोग्य जग्गा सार्वजनिक सडक बाटो र बस्ती छेवमा रहेको बुढीखोलामा डोजर लगाएर नदि उत्खनन हुँनेगरि गहिरो भंगालो बनाउँदा कसैले वास्ता नगरेको भन्दै स्थानियहरु आक्रोसित भएका छन ।
सो ठाउँमा नदि उत्खनन गर्ने गरेको टूयाक्टर, टिपर तथा हाइवाबाट माटो लाने गरेको पाइएको छ । ठेकेदार, प्रहरी लगायतकै मिलेमतोमा नदि दोहन भइरहेको स्थानियहरुको आशंका छ । सरोकारवालाहरुले ध्यान न दिंदा बालुवा उत्खनन गरेर खेतीयोग्य जग्गा वस्ती र सडक जोखिममा पारेको हो ।
सो ठाउँमा बालुवा र माटो प्रसोधनको ठेक्का मापदण्ड अनुसार लागेको भएपनि मापदण्ड विपरित गैरकानूनीरुपमा अवैध किसिमले खोला दोहन र उत्खनन गरेको भन्दै स्थानियहरु आक्रोसित छन ।
यता दुहबी नगरपालिका र बुढीगंगाले ठेक्का लगाएको मापदण्ड भन्दा बाहिर गएर अवैधानिक किसीमले प्रारिम्भक वातावरणीय परिक्षण प्रतिवेदन विपरित खेतीयोग्य जग्गा सार्वजनिक सडक बाटो र वस्तीलाइ जेखिम पार्ने हिसाँवले बालुवा उत्खनन गरेपछि स्थानिय यूवाहरु थप आक्रोसित हुँदै अख्तियारमै उजुरी हाल्ने तयारी गरेको जनाएका छन ।
सो बिषयमा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर सँग पटक–पटक फोन सम्पर्क गर्दा फोन उठेन ।





