दुहबी / सुनसरीको दुहबीमा १० महिने नि:शुल्क पेशागत कम्पुटर हाईवेयर एण्ड नेटवर्क टेक्निसीयन तालिम मेयर गच्छ्दार द्वारा आज शुक्रबार उदघाटन भएका हुन ।

कार्यक्रमका प्रमुख अथिती समेत रहेका दुहबी नगर प्रमुख वेदनारायण गच्छ्दारले युवाहरूमा समाज परिवर्तन गर्ने शक्ति रहेको बताउदै दुहबी नगर भित्रका युवाहरु लाई उद्यमि र रोजगार बनाउन
बिगत ३/४ बर्षदेखि दुहबी नगरपालीकाले लघु उद्यम मार्फत ४० भन्दा बढि लाइ ब्यावसायिक र सिपमुलक तालिम दिएको र दर्जनौ उद्यमीहरु स्वरोजगार र आत्मनिर्भर बन्न ब्यावसाय नै सन्चालन गरिसकेको हुदा आगामी दिनमा यस्ता कार्यहरुले थप युवा तथा बेरोजगार समुदायलाइ हौसला मिल्ने उनले बताए ।

उद्यम सिलता , रोजगार ,विभिन्न सिपमुलक तालिम बाट आत्मनिर्भर युवा व्यवसायमा कोशि प्रदेशकै नमुना पालिका रहेको मेयर गच्छ्दारको दाबी रहेको छ ।
उन्का अनुसार दुहबी नगर भित्रका धेरै युवाहरू बाट कृषि खेती देखि लिएर बाख्रा पालन , च्याउ खेती , बङगुर पालन लगायतका व्यवसायमा युवाहरू आत्म निर्भर रहेकोमा दुहबीका युवाले संचालन गरेको च्याउ खेती , बङगुर र बोका पालन को दुहबी बाहेक काठमाडौ सम्म बजार लिएको मेयर गच्छ्दारले बताए ।
कुनै पनि सीप तालिम नभएका युवाहरु दैनिक हजारौको संख्यामा रोजगार नपाएर बिदेश प्लायन हुन बाध्य भएकोमा सीप तालिम टेक्निसीयन बिना बिदेशमा पनि कतिपय युवाहरु दुख पाईरहेकोमा कार्यक्रमका परिक्षार्थिहरु लाई मेयर गच्छ्दारले सीप सिकेर आफ्नै देशमा रोजगार सिर्जना गर्न सक्ने बताए ।
कार्यक्रमको अध्यक्षता जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रा . लि .का कोडिनेटर
सैलेस बानियाले गरेका थिए भने अथितिमा दुहबी नगर शिक्षा शाखा अधिकृत विकाश घिमिरे , आई – टि युवराज चौधरी कार्यक्रमको प्रमुख प्रशिक्षक टार्जन सुनुवार प्रशिक्षकमा विभुषण राई रहेका छन ।
दुहबी नगर पालिकाको आयोजना तथा जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रा . लि . को संयोजनमा कार्यक्रम सम्पन्न भएका थिए
सो तालिमा दुहबी नगरका २० जना युवाहरूको सहभागिता रहेका छन ।





