• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

छोरी कुटेको रिसमा सासूले बनाइन ज्वाइँको ‘मर्डर प्लान’

काेचिला खबर by काेचिला खबर
07/10/2020
in स्थानीय
152
SHARES
375
VIEWS
Share on FacebookShare on Twitter

असार २६, २०७७
सुनसरीको गढी गाउँपालिका ३ की छवनी देवी उराँव, कान्छी छोरी प्रमीला परिवारको सहमति विपरीत देवानगंज ७ सिनुवारीका २५ वर्षीय मिथुन उराँवसँग सात महिना अघि भागी विवाह गरे देखिनै छोरी ज्वाइँ प्रति रुष्ट थिइन् ।

ज्वाइँ मिथुन कामकाजी नभएका र प्राय मदिरा सेवन गरी मात्र हिँड्ने गरेको कारण छवनी ज्वाइँलाई प्रति रुष्ट हुँदै आएकी थिइन । त्यसमाथि पनि मदिराको नशामा ज्वाइँले छोरीलाई पटक पटक कुटपिट गर्ने गरेको कारण छोरीलाई ज्वाइँ छाड्न दबाब दिइरहेकी थिइन । छोरी ज्वाइँको विवाद पटक पटक गाउँ समाजदेखि गाउँपालिकासम्म पुगेको थियो ।

गाउँपालिकाको न्यायिक समितिसम्म पुग्दा पनि छोरीमाथि अन्याय नरोकिएपछि अन्ततः छवनीले ज्वाइँ मिथुनको हत्याको योजना बनाउँछिन् । जसमा स्थानीय छिमेकी अरबिन कुमार उराँवसँग सल्लाह गर्छिन् ।

छवनीले अन्ततः अरबिनलाई २५ सयको प्रलोभन देखाउँछिन् र ज्वाइँको हत्या गर्न राजी बनाउँछिन् । अरबिनले भने मान्छे मार्ने कुरामा एक्लैले सम्भव नहुने भनेपछि अर्को छिमेकी अजय कुमार उराँवलाई पनि साथमा लिन्छन् । दुवै जनालाई काम पश्चात् पाँच हजार रुपैयाँ दिने सहमति गरेपछि छवनीले ३ असारमा छोरी ज्वाइँलाई घर बोलाउँछिन् ।
छवनीको योजना अनुसार ज्वाइँ मिथुनलाई रातीभर रक्सी खुवाउने अनि अचेत भएको अवस्थामा मारेर खाल्डोमा पुर्ने योजना बनेको थियो । छवनीले ज्वाइँ मार्ने योजना छोरी प्रमीलालाई समेत सुनाएकी थिइन र यसमा प्रमीला पनि आमाको कुरामा राजी भएकी थिइन् ।

हत्याको योजना अनुसार छवनीले छोरीलाई भने ३ गते साँझ नै घर देवानगंज पठाउँछिन् । ससुरा र ज्वाइँ मिलेर घरेलु मदिरा खान थालेको तीन घण्टापछि छवनीले हत्या गर्न तयारी बनाएका छिमेकी अरबिन र अजयलाई पनि मदिरा खुवाउँछिन् । मदिराले लट्ठ भएका मिथुन हिँड्न नसक्ने अवस्था पुगेपछि रातको ११ बजे अरबिन र अजयलाई हत्या योजना अनुसार ज्वाइँलाई घर पुराउन भनी छवनीले आग्रह गर्छिन् ।

सोही अनुरूप दुवै जनाले मिथुनलाई गढी गाउँपालिका ३ स्थित सतेझोडाको बुढी खोला पुलमा पुराएर घाटीमा प्लास्टिकको डोरीको मद्दतले हत्या गर्छन् । हत्यापछि शव व्यवस्थापनको लागि पुल नजिकै खाल्डो खनेर अरबिन र अजयले मिथुनको शव पुरेर हिँड्छन् ।

हत्या भएको तीन दिनपछि ६ गते मात्र स्थानीयले एउटा शव आधा गाडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गर्छन् । लगतै इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रबिन कार्कीको टोलीले शव निकाल्छन् र पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउँछन् ।

तर भेटिएको शवको पहिचान नहुँदा प्रहरी भने अन्योलमा हुन्छ ।

शव भेटेको चार दिन अर्थात् १० असारमा देवानगंज ७ बस्ने जगदीश उराँवले आफ्नो छोरा बेपत्ता भएको हुँदा खोजतलासको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा हुलिया निवेदन दिन्छन् ।

निवेदन दिएको १५ दिनपछि हुलियाको आधारमा गाडेको अवस्थामा भेटिएको शव जगदीशको छोरा मिथुनकै भएको सनाखत हुन्छ । निवेदन अनुसार छोरा ससुराली गएदेखि बेपत्ता भएको आधार मार्फत प्रहरीले अनुसन्धानको लागि ससुरा रामदेव, सासू छवनी, श्रीमती प्रमीलालाई नियन्त्रणमा लिन्छ ।

सासू, ससुरा र श्रीमतीलाई अनुसन्धान गर्ने क्रममा तिन जनाले हत्या गरेर गाडेको स्विकार्छन् । उनीहरूको बयानको आधारमा मार्ने कार्यमा संलग्न अरबिन र अजय उराँवपनि पक्राउ पर्छन् ।

हत्यापछि खाल्डो खन्नलाई प्रयोग भएको फरुवा पनि पछि ससुरालीबाटै प्रहरीले बरामद गर्छ । मिथुनको हत्या सासू छवनीकै योजनामा बनेको प्रहरीको निष्कर्ष छ । प्रहरीले अनुसन्धानको क्रममा छवनीले छोरीलाई कुटपिट गरेर दुख दिने ज्वाइँलाई ‘ठिक पार्न’ हत्या गर्न लगाएको बयान दिएकी छिन् ।

हत्यामा संलग्न अरबिन र अजय भने पाँच हजारको प्रलोभनमा परेको देखियो सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले भन्छन् ‘छोरीलाई दुख दिने ज्वाइँलाई सबक सिकाउँदा जघन्य घटना हुन पुग्यो ।’

यसमा आमाको योजनामा साथ दिएको आरोपमा छोरी र उनका श्रीमान्लाई पक्राउ गरेको उनले बताए । अजय अरविनले प्लास्टिकको डोरी लिई मिथुनलाई घरवाट पूर्व बुढी खोलाको पुल माथि पु¥आएर पुलको दक्षिण साइडमा बसाई अजयले खुट्टा समाती अरविनले घाटीमा डोरीले कसी उत्तानो पारी डोरी तानी मारेको प्रहरी उपरीक्षक थापाले जानकारी
दिए । हत्यामा संलग्न पाँच जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गरिएको छ । अपराध न्यूजबाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist