दुहबी / सुनसरीको दुहबीमा युवाहरु द्वारा भ्रष्टाचारीहरुलाइ सामुहिक श्राध कार्यक्रम सम्पन्न गरेका छन ।
देशमा निरन्तर बढ्दाे भ्रष्टाचार र भ्रष्टाचारमा उच्च ओहदाको व्यक्तिहरुकाे संग्लनता रहेकाेले भ्रष्टाचार बिरुद्धकाे बिराेध देशका विभिन्न ठाउँमा विभिन्न तरिकाले भईरहंदा दुहबीका युवा समुहहरुले सम्पुर्ण भ्रष्टाचारीहरुकाे नर्कमा वासकाे श्राप सहित सामुहिक श्राध कार्यक्रम गरि सम्पुर्ण काण्डका भ्रष्टाचारीहरुलाइ पिण्डदान सहित त्रिपनताम गरि बिराेध मंगलबार कोशि राजमार्गको सोनापुर चौकमा प्रदर्शन गरेको स्थानीय युवा दिनेश काफ्लेले जानकारी दिएका छन् ।





