दुहबी / सुनसरीको दुहबीमा खानेपानीको हाहाकार भएको छ महिनौ देखि दुहबीका अधिकांक्ष घरमा जडान गरिएका धारामा पानी नआएपछि खानेपानीको चरम अभाव भएको हो ।
खानेपानी मुल उपभोक्ता समितिको चरम लापरबाहीले दुहबीमा खानेपानीको हाहाकार मच्चिएको स्थानीयहरुले आरोप लगाएका छन
स्थानीयहरुको भनाई अनुसार हाल दुहबीमा खाना पकाउन देखि लिएर लुगा धुने , नुहाउने , टोईलेट सम्म जान पनि पानीको अभाव हुनाले हामीलाई थप पिडा भएको बताउछन ।
यता दुहबी खानेपानी मुल उपभोक्ता समितिका अध्यक्ष तेज नारायण रौनियार संग बुझदा सुख्खा मौसमसँगै खानेपानीका मुहान सुक्नथालेपछि दुहबी नगरपालीकामा खानेपानीको हाहाकार भएको सुईकार गरेका छन ।
उनि भन्छन सुख्खा मौसमसँगै महिनौ देखि बर्षा नभएकोले भित्रको भागमा पानीको मुहान सुकदै गएकाले दुहबीमा मात्रै खानेपानीको समस्या नभएर अन्त पनि भएकोले समस्याको सामाधान बिस्तारै कम हुदै जाने र थप १ वटा बोरिङ केही दिनमै थपिए पछि पानीमा केही राहत हुने रौनियारले बताए ।
खानेपानीको हाहाकार : कारण छ यस्तो
– दुहबीमा खानेपानीको हाहाकार हुनुको मुख्य कारण सोचे भन्दा फरक छन ।
– दुहबीमा खानेपानीको उत्पादन भन्दा बढि घर घरमा धारा जडान हुनु ।
– उत्पादन भन्दा बढि पानीको खपत हुनु
– पानी वितरणको माग भन्दा कम दुई वटा बोरिङ बाट मात्र पानी ताने वा उत्पादन गर्नु ।
सोही बिषयमा खानेपानीका एक सद्स्यका अनुसार दुहबीमा खानेपानी हाहाकारको मुख्य कारण ४ वटा बोरिङ बाट पानी तानेर वा उत्पादन गरेर वितरण गरेको भए हाल यस्तो समस्या
आउदैन थियो । हाल सुखा मौसम र ४ वटा बोरिङ मध्ये २ वटा बोरिङ बिग्रेर थनकेको बाकी २ वटा बोरिङ बाट मात्र पानी आउने गरेकोले धेरै समस्या देखा परेको बताए ।





