दुहबी / सुनसरीको दुहबी नगरपालिका बाट मंगलबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३५ दिन्ने सार्वजनिक सूचना जस्ताको तेस्तै ।
यस नगरपालिकाको स्वामित्वमा रहेको जिल्ला सुनसरी साविक दुहबी गा . प . बडा न ६ ( ख ) कि न . ३८ ज . वि ०-१०-४ प्ल्ट भित्र रहेको वयक्ति तथा संस्थाका अवैध घर टहरा तथा बनेका संरचनाहरु यस नगरपालिका लाई नगरपालिकाको पुर्वाधार विकासका लागि सभागृह सामुदायिक भवन लगायतका संरचना निर्माण गर्न उक्त कि . न . ३८ ज . वि ०-१०-४ प्लटमा बनेका संरचनाहरु खाली गराउनु पर्ने हुदा यस नगरपालिकाको मिति २०८०/०१/२० गतेको नगर कार्यपालिकाको बैठक बाट अवैध घर टहरा तथा बनेका संरचना खाली गर्ने सम्बन्धमा भएको निर्णय बमोजिम यो सूचना प्रकासीत भएको मितिले ३५ दिन भित्र व्यक्ति , संस्थाले आ- आफुले निर्माण गर्नु भएको अवैध घर टहरा तथा बनेका संरचनाहरु नहटाएमा स्थानीय सरकार संचालन ऐन २०७४ तथा प्रचलित कानुन बमोजिम नगरपालिका आफैले घर टहरा तथा बनेका संरचना हटाई जग्गा खाली गरिनेछ । त्यसरी अवैध घर टहरा तथा बनेका संरचनाहरु खाली गर्नु पर्दा लागेको खर्चहरु सम्बन्धित व्यक्ति संस्था बाट कानुन बमोजिम असुल उपर गरिने व्यहोरा समेत यसै सूचना मार्फत सम्बन्धित सरोकारवालाहरु लाई सुचित गरिन्छ।





