सुनसरीको दुहबी नगरपालिकाले बिहीबार बजार अनुगमन गरेको छ । दुहबीको वडा नम्बर २, ३, ८ र १० का मासु पसल तथा डेरीहरु अनुगमन गरिएको हो । दुहबी बजारका अधिकांश मासु पसल अव्यवस्थित र गैरकानूनीरुपमा सञ्चालन भएको पाइएको छ । दुहबी नगरपालिकाको अनुगमन समितिका संयोजक एवं दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साहको नेतृत्वमा दुहबी बजार क्षेत्रबाट अली भित्री ठाउँहरुमा गरिएको अनुगमनमा अधिकांस मासु पसलको दर्ता नगरपालिकामा न भएको तथा दर्ता फेल भइ गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको थियो ।
अनुगमनका क्रममा ति वडाहरुमा रहेको अधिकांस फ्रेस हाउस तथा हटियामा रहेको मासु पसलहरु फोहर
भेटिनुकासाथै स्वास्थ्यलाइ हानी गर्ने किसिमले झिंगा भन्की रहेको अवस्थामा अब्यवस्थित ढंगबाट संचालन गरि रहेको पाइएको थियो । उपप्रमुख सुनिता दाहालले ति मासु पसलेहरुलाइ नियमानुसार सञ्चालन गर्न तथा गैरकानूनी काम नगर्न कडा निर्देशन दिनुहुँदै पुन अनुगमनमा आउँदा यस्तो भेटिए नियमअनुसार जरिवाना कारवाही गरिने बताउँनुभयो ।
दुहबी बजार क्षेत्रबाट टाढा गएर ति पसलहरुमा पहिलो पटक अनुगमन गरिएकोले सुझाव र चेतावनी मात्र दिएको दुहबी नगरपालिकाका प्रशासन अधिकृत तथा अनुगमन समितिका सदस्य डिक बहादुर कटुवालले बताउँनुभयो। अधिकांस मासु पसलहरु त्यस्तो भेटिएकाले यसरि बिक्री वितरण नगर्न अनुगमन टोलीले निर्देशन दिएको छ । उद्योग वाणिज्य संघ दुहबीका अध्यक्ष सुनिल कुमार साह,दुहबी नगरपालिकाका पशु सेवा शाखाका कर्मचारीहरु लगायतले बजार अनुगमन
गरेका थिए ।








