दुहबी / सरकार द्वारा घोषणा गरिएको वैशाख ३० को स्थानीय तहको निर्वाचनमा राप्रपा बाट दुहबी नगरको मेयरमा ईन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरेको छ।
केही दिन अगाडी आयोजना गरिएको राप्रपाको नगर स्तरीय कार्याकर्ता भेलामा दुहबी नगरपालिकाको मेयरको उम्मेदवारीमा श्रेष्ठको नाम घोषणा गरेको हो।
राप्रपाको सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को सभापती समेत रहेका ईन्द्र श्रेष्ठ दुहबी नगरपालिका वडा नं २ का स्थानीय बासिन्दा हुन।
राजनीति र सामाजिक कार्यमा सक्रिय श्रेष्ठ युवा उद्योगि तथा व्यवसायी बिगत लामो समय देखि सामाजिक संजाल लगायत बाट भ्रष्टाचारको बिरोधि भनेर समाज बाट चिनीदै आएका छन
श्रेष्ठ २०२८ साल सुनसरीको दुहबीमा जन्मेका हुन ।
श्रेष्ठले भन्छन – आफु लाई दुहबी बासीले चुनावमा आफ्नो अमुल्य मत दिएर बिजय गराए नगरको हरेक निम्न बर्गका नागरिक लाई स्वास्थ्य , शिक्षा , रोजगार , प्रतेयक नागरिको घरको बिजुलिमा बिधुत महसुलमा ५० युनिट निसुल्क लगायत छुट गर्ने बताए ।
यसरी निर्वाचनमा दुहबी नगरपालिकाको मेयरमा घोषणा गर्ने राप्रपा पहिलो पार्टी बनेको छ।
नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी र एकिकृत समाजबादी लगायत अन्य दलबाट अहिले सम्म मेयर उप मेयरको टुंगो लगाउन सकेको छैन।





