दुहबी / सुनसरी को दुहबी नगर पालिकाको आयोजना र उद्दम बिकास उपशाखा ( मेडपा)दुहबि को सहजीकरणमा विभिन्न वडाका फरक फरक समुहका ४२ जना लघु उद्दमी महिला हरुलाइ आवस्यक मेसिन तथा औजार हरु बितरण गरिएको छ।
आज नगर पालिकामा एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख बेद गच्छदारले औजार हरु हस्तान्तरण गरेका थिए। नगर प्रमुख गच्छदारले दुहबी वडा नम्बर २ का ८ जना को सिलाइ कटाइ समूह लाई बढी सिलाइ र पिर्का,दुहबी ७ का ३ जनाको समुह लाई सिलाइ मेशिन,दुहबी ४ अचार समुह का ८ जना लाई ग्यास सिलिन्डर ,भट्टि चुलो र काँटा,दुहबी ८ को ६ जनाको समुह लाई सिलाइ मेशिन,दुहबी ९ का ११ जनाको समुहलाई सिलाइ मेशिन र दुहबी ११ का ६ जना महिलाहरुको समुह लाई अचरा सिलाउने मेशिन र मोटर हस्तान्तरण गरेका थिए।
बेरोजगार तथा बिपन्न महिला हरुलाइ लघु उद्दम सग जोडेर आर्थिक रुपमा आत्मनिर्भर र स्वाभलम्बनको बाटो मा अगाडि बढाउन बिगत ३ बर्ष देखी नगर प्रमुख गच्छदारले १२ वटै वडामा विभिन्न सीप मुलक तालिम सन्चालन गर्दै आएका छन। जबसम्म महिला हरुमा ब्यावसायिक सिपको बिकास हुदैन तब सम्म आर्थिक रुपमा पर आशृत हुनुपर्ने बाध्यता रहने साथै महिला हिंसा बढ्ने हुदा नगर भित्रका महिला हरुलाइ लघु उद्दम मार्फत तालिम दिने,समुह गठन गरि बीउ पुजि दिएर ब्यावसायिक बाटो मा लैजाने,बैंक सग बिनाधितो १५ लाख सम्म रिण दिलाउने कार्यमा अगाडि लागि परेका नगर प्रमुख गच्छदारले आय आर्जनमा महिला हरुलाइ सङठित र मर्यादित ब्यावसायी बनाइ आर्थिक पाटोमा दुहबी नगरपालिका लाई अगाडि बढाएरै छाड्ने संकल्प लिएको बताए।
अहिले नगरपालिका भित्र लघु उद्दम मार्फत सीप सिकेर ब्यावसाय सन्चालन गर्दै आएका दर्जनौ महिला उद्दमी समुहहरु रहेको बताउदै नगर प्रमुख गच्छदारले महिला हरु उद्दमी बन्न आवस्यक पर्ने जस्तो सुकै साथ सहयोग गर्न आफू हमेशा तयार रहेको समेत बताएका थिए। उक्त कार्यक्रममा उप प्रमुख सुनिता दाहाल साह, लघु उद्दम बिकास दुहबीका वरिष्ठ सहजकर्ता दिवेस कुमार चौधरी ,सहजकर्ता सति बिस्वास लगायतको उपस्थित रहेको थियो।





