• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

मोरङको बुढी गंगा,ग्रामथान,कटहरीको चारवटा कुखुरा फार्ममा बर्डफ्लु देखीयो

काेचिला खबर by काेचिला खबर
01/31/2022
in स्थानीय
62
SHARES
281
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । मोरङका तीन स्थानीय तहका चारवटा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु संक्रमण देखिएको छ । ग्रामथान, बुढीगंगा र कटहरीका कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि नष्ट गर्नेदेखि सिलगर्नेसम्मको कार्य सुरु गरिएको हो ।

कटहरी गाउँपालिका–७ स्थित पद्यधी बहुउदेश्यीय कृषि फार्ममा रहेका दुई हजार बोइलरमध्ये सातसय वटा कुखुरा मरेपछि नमूना संकलन गरेर परीक्षण गरिएको थियो । नमूनामा बर्डफ्लु पुष्टि भएपछि बाँकी कुखुरा नष्ट गर्न प्राविधिक टोलि परिचालन गरिएको छ । यसैगरी ग्रामथान गाउँपालिका–१ स्थित श्रीगणेश कृषि फार्ममा एक हजार २० वटा कुखुरामा समेत बर्डफ्लु पुष्टि भएपछि नष्ट गर्ने निर्णय गरिएको छ । गणेश साह सञ्चालक रहेको श्रीगणेश फार्ममा केहिदिन अगाडी दुईसय कुखुरा मरेका थिए । मरेका कुखुराको नमूना परीक्षण गराउँदा बर्डफ्लु देखिएपछि अन्यलाई नष्ट गर्ने सोमबार निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

बर्डफ्लु फैलिएको फार्ममा रहेका पंक्षीजन्य वस्तु नष्ट गर्न प्राविधिक टोलि परिचालन गरिएको भेटनरी अस्पताल विराटनगरका डा.सुशिलकुमार अधिकारीले जानकारी दिनुभयो । यसैगरी गत शुक्रबार ग्रामथान–१ खुनियाकट्टामा रहेको काव्या कृषि फार्ममा ३ हजार ५०० लेयर्स मरेका छन् । मरेका कुखुराको नमूना संकलन गरेर पशुपंक्षी रोग प्रयोगशालामा पठाइको थियो । नमूनामा बर्डफ्लु यकिन भएपछि पुनः परीक्षणका लागि केन्द्रीय पशुपंक्षी अन्वेषण प्रयोगशाला काठमााण्डौं पठाइएको थियो । त्यहाँ समेत बर्डफ्लु पुष्टि भएपछि काव्या फार्मका एकहजार ६५० कुखुरा, २० कार्टुन अण्डा, ९०० केजी दाना, ४० बण्डल अण्डा राख्ने क्यारेट नष्ट गरिएको थियो । ग्रामथान गाउँपालिका भेटनरी प्राविधिक अन्चलराज नेपालका अनुसार बर्डफ्लु देखिएका फार्मको निर्मलीकरण गरेर ४५ दिनसम्मका लागि सिल गरिएको छ ।

बुढीगंगा गाउँपालिका–५ स्थित रास एग्रोभेट फार्ममा रहेका परेवा समेत मरेपछि त्यसको नमूना समेत परीक्षण गर्दा बर्डफ्लु देखा परेको छ । रास फार्मका २५ जोर परेवा र २५० केजी दाना नष्ट गरिएको छ ।
जिल्लाका केहि फार्ममा बर्डफ्लु पुष्टि भएपछि जिल्लास्थित बर्डफ्लु नियन्त्रण समितिको बैठकले सबै स्थानीय तहलाई फार्महरुको निगरानी गर्नका लागि पत्राचार गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दाहालले छिमेकी जिल्लामा समेत समन्वय गर्ने काम भईरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले नष्ट गरिएका पंक्षीजन्य वस्तु र सामाग्रीको नियमानुसार क्षतिपूर्ति र व्यवस्थापनका लागि प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुश सेवा विभागसँग रकम माग गर्ने निर्णय समेत गरेको छ । आवर बिराटनगर बाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist