अर्जुन खडका
दुहबी / सुनसरी को दुहबी नगरपालिका वडा नम्बर ८ मा मेमोरी युवा क्लब सोनापुरको आयोजना र दुहबी नगरपालिकाको सम्योजनमा संचालित प्रथम सोनापुर गोल्ड कप फुट्बल प्रतियोगिताको आज दुहबी नगरपालिका प्रमुख बेद गच्छदार द्वारा समुध्घाटन भएको छ।
प्रमुख अतिथि समेत रहेका नगर प्रमुख बेद गच्छदारले पानसमा बत्ती बाली बेलुन उडाएर उक्त गोल्डकप फुट्बल प्रतियोगिताको आज बिधिवत उद्घाटन गरेका थिए।
प्रतियोगीताको उद्घाटन गर्दै नगरप्रमुख बेद गच्छदारले ओमिक्रोन नया भेरियन्ट कोरोना सन्क्रमण बढ्दै गएको हुदा स्वास्थ्य प्रोटोकल अपनाउन सबैलाई अनुरोध गर्दै सजग रहन आग्रह गरेका छन।
गच्छदारले आफू स्वस्थ्य र अनुसासनको प्रतीक फुट्बल खेल र खेलाडी प्रती अन्त्यन्तै नजिक बाट लागि परेको बताउदै आफुले मेयर जिते देखि नै रास्टृय स्तरको रङ्गशाला बनाउने सपना बोकेको बताए।
सोही सपना बमोजिम दुहबी ४ मा अहिले लगभग २३ करोड बराबरको सुबिधा सम्पन्न रङ्गशाला निर्माण कार्य तिब्रगतीमा अगाडि बढिरहेको बताउदै गच्छदारले फुट्बल प्रेमी बालबालिका हरुलाइ होस्टेल सहितको पर्याप्त खेल सामाग्री र अध्यन ब्यावस्थापन हुने गरि सुबिधा सम्पन्न फुट्बल एकेडेमी निर्माण गर्न लागेको बताए। उक्त एकेडेमी को लागि दुहबी ७ मा ६ बिगाह जग्गा समेत उपलब्ध भैसकेको र बाकी निर्माण कार्य आगामी आर्थिक बर्ष भित्र सुरु गरिने गच्छदार ले बताएका छन।
मेमोरी युवा क्लव का अध्यक्ष खड्ग नारायण माझी को अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगीता उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरी ३ का सभापति मेहेदी हुसैन लगायत विभिन्न राजनैतिक दलका नेता, स्थानिय समाजसेवी ,युवा ,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
उद्घाटन सत्रको पहिलो खेल इन्द्रेणी फुट्बल क्लब भरौल र डागिहाट युथ क्लब बेलबारी मोरङ बिच भएको थियो। उक्त खेलमा बेलबारी ले भरौल लाई ३-१ को गोल अन्तरले हराएको थियो। खेलको २३ औ मिनेटमा भरौलका जर्सी नम्बर ९ का साजन राइले पहिलो गोल गर्दै आफ्नो टिमलाइ अग्रता दिलाएका थिए। खेलको ३१ औ मिनेटमा बेलबारी का खेलाडी जर्सी नम्बर ११ का आदर्श लिम्बु ले गोल गर्दै बराबरी बनाएका थिए। खेलको केही समय पछि बेलबारी कै अर्का खेलाडी कासिम राइले गोल गर्दै आफ्नो टिम लाई २-१ को अग्रता दिलाएका थिए। मध्यान्तर पछिको अर्को खेलमा पुन बेलबारी कै आदर्श लिम्बुले गोल गर्दै आफ्नो टिमलाइ ३-१ ले बिजयी बनाउदै म्यान अफ दि म्याच घोसित भएका थिए।





