सुनसरी/सुनसरीको दुहबी वडा नम्बर ८ मा भोलि सोमबारदेखि प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।

मेमोरि युबा क्लब सोनापुरको आयोजनामा हुने गोल्डकप फुटबल प्रतियोगितामा ८ वटा टिमबिच प्रतिस्पर्धा हुने प्रथम हुने टिमले नगद १ लाख सहित शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद ५० हजार सहित शिल्ड प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष खडगनारायण माझिले जनाए।
माघ ३ गते सम्म हुने प्रतियोगितामा उत्कृष्ट विद्या तर्फका खेलाडीहरुलाइ समेत पुरस्कृत गरिने अध्यक्ष माझिले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। पत्रकार सम्मेलनमा प्रतियोगीताको अनुमानित आय ब्यय १२ लाख ९२ हजार ५ सय हुने जनाइएको छ।
https://kochilakhabar.com/feature/5957/





