• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी नगरपालिकामा एकीकृत कृषिबजार ऐन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

काेचिला खबर by काेचिला खबर
12/05/2021
in स्थानीय
99
SHARES
449
VIEWS
Share on FacebookShare on Twitter

अर्जुन खडका
दुहबी
/ सुनसरी को दुहबी नगरपालिकाले स्थानिय सरकार संचालन ऐन, २०७४ को अधिनस्त रहि एकीकृत कृषि तथा पशुपंक्षि बजार बिकास तथा ब्यावस्थापन ऐन,२०७८ र कार्यबिधी २०७८ साथै शीत भन्डार ( cold storage) संचालन तथा ब्यावस्थापन कार्यबिधी ,२०७८ मस्यौदा परामर्श तथा सुझाव संकलन सम्बन्धि १ दिने कार्यशाला गोष्ठी को आज समापन गरेको छ।

दुहबी नगरपालिका प्रमुख बेद गच्छदार को अध्यक्षता रहेको उक्त कार्यशाला गोष्ठीमा नगरभरिका वडा अध्यक्ष लगायत निर्वाचित जनप्रतिनिधिहरु,नगरपालिकाका कार्यकारी प्रमुख बिनोद न्यौपाने , नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु ,दुहबी उद्योग बाणिज्य संघ का पदाधिकारी, स्विस कन्ट्याक्ट् का प्रतिनिधि , कृषक तथा ब्यापारी हरु समेत को उपस्तिथि रहेको थियो भने उक्त गोष्ठी नगरपालिकाको सभा हल मा सम्पन्न भएको थियो।

कर्याक्रममा बोल्दै नगरप्रमुख बेद गच्छदारले बढ्दो शहरीकरण सगै अव्यवस्थित फोहोर मैला ब्यवस्थापन गर्नै पर्ने अबस्थालाइ
नजिक बाट बुझेर दुर्गामी सोचाइका साथ फोहोर मैला ब्यावस्थापन केन्द्र स्थापना गरेको बताउदै उक्त केन्द्रलाइ आनावश्यक फोहर हरुलाइ एकीकृत गर्न एकीकृत कृषि बजार योजना अगाडि बढाउन लागेको बताए।

एकीकृत कृषि बजार ऐन २०७८ र कार्यबिधी २०७८ साथै चिस्यान केन्द्र संचालन कार्यबिधी २०७८ माथी प्रकाश पार्दै गच्छदारले नीति नियम बनाइ सकेपछी यसलाइ निर्मम तरिकाले कार्यन्वयन नगरे कुनै अर्थ नरहने साथै यसलाइ कार्यन्वयन गराउन सम्बन्धित कार्यसमिति ,नगरपालिका र बजार ब्यावस्थापन समिती ३ वटै तह ले आत्मसात भएर लाग्नु पर्ने मा जोड दिएका छन।

चिस्यान केन्द्रको सम्पुर्ण कार्य सम्पन्न भैसकेको ,अब केही समय भित्रै यस्लाइ संचालनमा ल्याइने बताउदै गच्छदार ले चिस्यान केन्द्रको संचालन पछि कृषक ,व्यापारी,उपभोक्ता साथै नगरपालिका समेत लाई फाइदा पुग्ने बताए। कृषि प्रबर्द्धनका लागि आफुले हदैसम्मको कदम अगाडि बढाएको बताउदै पशुपालक कृषकलाई बाख्रा ,बङ्गुर, समुह बनाएर सामुहिक नमुना खेती, च्याउ खेती, कौसी खेती प्रवर्द्धन लगायत मा बिशेष चासो र चिन्तन सहित काम गर्दै आएको बताए।

कृषकको हितको लागि बजार ब्यावस्थापन समिती गठन गरि सम्पुर्ण सेवा सुबिधा उपलब्ध गराउन र उचित हाटबजार कर निर्धारण गर्न आफू लागि परेको र यो कार्यबिधी पारित भएपछि द्रुत गतिमा समिती निर्माणका काम थालिने समेत गच्छदारले बताए।

एकीकृत कृषि तथा पशुपन्क्षी बजार बिकास तथा ब्यावस्थापन ऐन २०७८, कार्यबिधी २०७८ साथै शितभन्डार कार्यबिधी २०७८ सम्बन्धि सम्पुर्ण ऐन को बिस्तृत बिबरण उपस्थित सबैलाइ पढेर सुनाइएको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026
मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

03/30/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist