दुहबी / सुनसरी को दुहबी नगरपालिका वडानम्बर ४ को बुढिखोला नजिक निर्माण हुन लागेको छठ माता ( भगवान बिस्णु)मन्दिरको जग्गामा आज दुहबी नगरपालिका प्रमुख बेद गच्छदारले धार्मिक अनुस्ठानका साथ भुमिपुजा सम्पन्न गरेका छन। छठ पुजा समितीको अगुवाइमा बन्न लागेको उक्त मन्दिरको भुमिपुजा साथै बासको लिङोउत्तोलन गरेर बिधिवत रुपमा आज गच्छदारले उद्घाटन गरेका हुन।
भुमिपुजन कार्यक्रममा बोल्दै मेयर गच्छदारले मन्दिर जस्तो पबित्र धार्मिक स्थल निर्माणका लागि जग्गा दान गर्ने स्थानिय श्याम दाहाल लगायत दाहाल परिवार लाई धन्यवाद दिएका छन। अहिलेको महङो जमिनको समेत प्रवाह नगरी ठूलो छाती बनाएर सम्पुर्ण हिन्दु धर्मावलम्बी हरुलाई सहज होस भनी छठ भगवान बिस्णु को मन्दिर निर्माण खातिर उदारता देखाउने श्याम दाहाल लगायत दाहाल परिवार को खुलेर प्रसन्शा गरेका थिए।
गच्छदार ले उक्त मन्दिर निर्माणका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने समेत बताएका छन।
लामो समयदेखी दुहबी बासी हिन्दुधर्मावलम्बी हरुले छठ माता को बडो कठोर व्रत गर्दै आएपनी उक्त स्थानमा भगवान बिस्णुको मन्दिर भने थिएन।सोही अभाव र असहजता लाई मध्यनजर गर्दै स्थानीय दुहबी ५ निवासी समाजसेवि श्याम दाहाल ले आफ्नो जमिन बाट ५ धुर जग्गा कटाइ मन्दिर लाई दान गरेका थिए।
छठ पुजा समिती का अध्यक्ष द्वय मुन्ना हलुवाइ र रमेश रौनियार को साझा पहलमा उक्त मन्दिर निर्माण थालिने र आफ्नो वडा बाट पनि आबस्यकिय सबै सहयोग रहने अध्यक्ष द्वय ले बताए।





