• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

इनरुवाको एक ब्यूटीपार्लरभित्र अपरिचित युवती र सालनालसहितको शिशु फेला घटना रहस्यमय बन्दै  

काेचिला खबर by काेचिला खबर
10/03/2021
in स्थानीय
51
SHARES
234
VIEWS
Share on FacebookShare on Twitter

इनरुवाको एक घटना रहस्यमय बनेको छ । बन्द कोठा, फुटाइएको ताला अनि चुकुल लगाइएको कोठा भित्र सालनाल सहितको नवजात शिशु र आमा भेटिनु , सो कारण समेत उक्त घटनालाई रहस्यमय मानिएको छ । साथै शंकास्पद समेत

इनरुवा १ पूर्व टोलको सो घटनाको विषयमा स्वयं प्रहरी समेत आश्चर्य चकित छ । तथापि, उसले सूक्ष्म अनुसन्धान थालिएकाले घटनाको यथार्थता भने चाँडै बाहिर ल्याइने बताएको छ ।

घटना मंगलबार रातीको हो । घटनास्थल इनरुवा १ मा पर्ने ब्यूटीपार्लरको कोठा ।कोठा बाहिरबाट चुकुल लगाइएको हुन्छ । चुकुल खोलेर कोठा भित्र हेर्दा रक्ताम्य अवस्थाकी युवती र नवजात शिशु भेटिन्छिन ।सालनाल काटिएको शिशु तौलियामा बेरेर एक कुनामा राखिएको हुन्छ । छेउमै प्रसव पीडा सहेकी युवती रक्ताम्य अवस्थामा लम्पसार अवस्थामा भेटिन्छिन ।

घटना प्रकृति हेर्दा अन्दाजी २० वर्षीया युवतीले सोही कोठामा बच्चा जन्माएको अकडल काटिन्छ । घरभेटीले अघिल्लो दिनको दैनिकी सकाएर ताला लगाएको कोठा भित्र सुत्केरी अवस्थाकी युवती र नवजात शिशु भेटिएका हुन्छन । सो बारेमा स्वयं घरभेटीले प्रहरीमा खबर गर्छिन ।घरभेटीलाई उद्दृत गर्दै दिइएको जानकारी अनुसार तल्लो तल्लामा रहेको ब्युटीपार्लरमा काम सकेर ताला लगाइएको हुन्छ । सँगै त्यसअघिको चेन गेट र मूल गेट समेत बन्द गरिन्छ ।सबैतिर तालाचाबी लगाएर माथिल्लो तल्लामा सुतेकी घरभेटीले बिहान तल आउँदा रक्ताम्य देखछिन । चेन गेट खोलिएको हुन्छ । चाबी तोडिएको हुन्छ । पार्लरको कोठा बाहिरबाट चुकुल लगाएको अवस्थामा भित्र अञ्जान शिशु र र सुत्केरी अवस्थाकी युवती भेटिन्छन । हो–हल्ला हुन्छ । खबर पश्चात घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार पार्छ । शिशु र आमालाई उपचारकालागि इनरुवा अस्पताल पुर्याइन्छ ।आमा र शिशुको अवस्था सामान्य रहेकाले उपचार पश्चात सेफ हाउस पठाउने तयारी हुँदै गर्दा पहिचान खुल्छ ।

अस्पतालमै कार्यरत कर्मचारीले गरेको पहिचानका आधारमा सुत्केरी किशोरीको माइती पक्षबाट आमा र भाई अस्पताल पुग्छन ।स्वास्थ्य अवस्था सामान्य बनेपछि प्रहरीले युवतीसँग सोधपुछ थाल्छ । सो क्रममा युवतीको घर गढी गाउँपालिका भन्ने खुल्छ । उनले आफु माइती नजाने बताउछिन । आमा र बच्चालाई घर पुर्याएर अभिभाकको जिम्मा लगाइन्छ । युवतीको श्रीमान भने रोजगारीका क्रममा पञ्जाबमा रहेको खुल्छ ।

प्रहरीले युवती सँगको सोधपुछका क्रममा थप खुलेको विषय भनेको घटनास्थलमा युवती पुग्नु अघि उनी कोही पुरुषसँग थिइन । स्वयं युवतीले बच्चा जन्मिनु भन्दा केहि घण्टा अघि आफ्नो साथमा कोही पुरुष व्यक्ति रहेको प्रहरी समक्ष बताएकी छिन ।त्यसका अलावा उनले प्रहरीलाई इनरुवाकै कुनै एक रेष्टुरेण्टमा आफुलाई बियर खुवाइएको जानकारी समेत दिएकी छिन ।

यद्यपि, ति युवतीले उक्त व्यक्तिलाई भने आफुले नचिन्ने भनेकी छिन । बियर खाएर केही समय पुरुषसँग बिताएको बताएकी युवतीले पीडा असह्य हुन थालेपछि मोटरसाइकलमा हालेर आफुलाई त्यहाँ ल्याएर छाडिएको बताएकी छिन । त्यसपछि भने उनले खुल्लै रहेको चेनगेट र भित्री ढोका खोलेर कोठामा पसेको र त्यहीं बच्चा जन्मिएको बताएकी छिन । प्रहरीका अनुसार अन्य कुरा भने केही खुल्न सकेको छैन ।

प्रहरी निरीक्षक मिना राईका अनुसार घटना प्रकृति जटिल र जेलिएको छ । सुत्केरी अवस्थाकी युवती रक्ताम्य अवस्थामा अर्काको घरको बन्द कोठामा भेटिनु पूर्णतया आश्चर्यजनक रहेको राईको बुझाई छ । प्रसव अवस्थामा उनी कसरी त्यहाँ पुगिन, कसले र किन त्यो घरमा पुर्यायो । बन्द रहेको भनिएका सबै ढोका खोलिनु, ताला फुटाइनु र नगद समेत हराउनु सामान्य कुरो नभएको उनको भनाई छ । राईले नयाँ प्रकृतिको घटना देखिएकाले समेत सो विषयलाई विभिन्न एङ्गलबाट अनुसन्धान थालिएको बताइन ।

यता सुनसरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले समेत घटनालाई विलकुलै नौलो र आश्चर्यजनक प्रकृतिको रहेको बताएका छन । उनले घटना सम्बन्धमा अनुसन्धान भैरहेको बताउँदै सुनसरी प्रहरी सत्यतथ्य बाहिर ल्याउन लागिपरेको बताए । पुर्वेली न्युजबाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist