दुहबी/ सुनसरीको दुहबी स्थित कोशीराजमार्गको दुर्दशा भएको सडकमा धुलो उड्न बाट जोगाउन पानी पटाए बापत दिनको ५५ सय दुहबी वडा नम्बर ३ को कार्यालयले ट्याङकरलाइ दिने वडाअध्यक्ष माधव भण्डारीले बताए। सो सडक खण्ड वर्षायामको पानीले दुर्दशा हुँदा समेत ६ लेन सडक आयोजनाले बजेट न रहेको बताएपछि स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएको थियो।
दुहबीको २ किलोमिटर क्षेत्रमा ६ लेन सडक बिस्तार हुन सकेको छैन। दुहबी बजार क्षेत्रको ६८० मिटर बिल्टप क्षेत्रको बिबाद अदालतमा बिचराधिन भएपनि १३ सय २० मिटर चहि ६ लेन सडक आयोजनाले किन बिस्तार न गरेको भन्दै स्थानीय आक्रोशित देखिन्छन्। दैनिक ५५ सयको पानी छडकिने दुर्दशा भएको सडक खण्ड चहि १३ सय २० मिटर क्षेत्रको करिब २ सय मिटरमा पर्द्छ।