दुहबी / सुनसरी को दुहबी नगरपालिकाले बजार अनुगमन गरेकोछ। नगरपालिकाको पशु शेवा शाखा ,जिल्ला प्रसाशन कार्यलय इनरुवा ,इलाका प्रहरी कार्यलय दुहबी र दुहबी नगरपालिका को संयुक्त पहलमा गत असार १८ गते अनुगमन गरिएको थियो।
खास गरि मासु जन्य पदार्थ बिकृबितरण गर्ने पसल साथै दुग्ध पदार्थ बिकृबितरण गर्ने पसलहरुमा आकस्मिक अनुगमन गरेको थियो।
अनुगमनका क्रममा दुहबी बजार मा सन्चालित अधिकांश कुखुरा तथा खसी को माशुपसल हरुमा मूल्य शुचि राखेको नपाएको हुदा पाशु व्यापारी हरुले आफू खुसी मासुको मूल्य तोकेर बिकृबितरण गरेको हुदा आम उपभोक्ता हरु ठगिएको पाइएको छ।
कुखुराको मासु आफुखुसी मूल्य निर्धारण गरि कुनै दोकानमा ३६० मा बिक्री गरेको पाइयो भने कुनै दोकानमा ३०० रुपिया प्रती केजि मा बेचेको पाइयो।
सरस्वती हाइस्कुल भन्दा अगाडि को एक माशुपसलमा खसिको मासु ९ सय देखि १ हजार मा मनपरी बेचेको पाइयो।
भने अन्य खसिको मासु पसलमा १ हजार मूल्य प्रतिकेजी बेचेको पाइयो। यसरी बिक्री गर्दा आम उपभोक्ता हरुलाइ मूल्य ठगी गरि मारमा परेको भेटिएको छ।
दुहबी ३ को हाइवेमा सन्चालित सिभम डेरि प्रोडक्ट बेच्ने एक दूध डेरिमा डेट एकस्पाएर सामान भेटिएको थियो।उक्त डेरि सन्चालक लाई यश बारे सोध्दा आफुलाइ थाहा नभएको बताए।
नेपाल सरकारको सार्वजनिक उपभोक्ता ऐन बमोजिम यस्ता ठग धन्दा चलाउने कुनै पनि व्यापारी हरुलाइ उपभोक्ता को स्वास्थ्य माथी प्रतिकुल असर साथै खेलवाड्गरेको भेटिए हदै सम्मको सजाय तोकिएको छ।
अनुगमन मा खटिएका कर्मचारी हरुले अन्तिम मौका स्वरुप वार्निङ्ग दिएका छ। अब पनि यसरी मूल्य शुचि नराखी आफुखुसी मनपर्दी ढङ्गले मासु तथा दुग्ध जन्य पदार्थ बिक्री बितरण गरेको भेटिए हदैसम्मको फाइन साथै सजाय हुन सक्ने कानुन बमोजिब गरिने बताए।
अनुगमनका क्रममा केही बेकरी उत्पादक कम्पनी हरुले लेबल साथै मुल्य प्रमाणिकर अनि उत्पादन मिति समेत नलेखी बेचेको भेटिएको थियो





