अर्जुन खडका
दुहबी / सुनसरी को दुहबी नगरपालिकाको आर्थिक सहयोग र आवाज नेपालको आयोजनामा सन्चालित महिला हरुलाइ ५ दिनको नेतृत्व बिकाश तालिम सम्पन्न भएको छ।वडा नम्बर ७ को भलुवा आधारभुत बिद्यालायमा सम्पन्न उक्त कार्यक्रम को प्रमुख आतिथ्य नगर प्रमुख बेद गच्छदार ले गरेका थिए।
उक्त कार्यक्रममा बोल्दै गच्छदारले नेतृत्व एक मर्गदर्शक,बौद्धिक र परिवर्तनकामी हुनु पर्ने साथै उक्त क्षेमता अभिबृद्धी गर्न महिलाहरुले आफुलाइ सङ्गठित गर्दै सामुहिक रुपमा आफ्नै घर बाटै थालनी गर्नु पर्ने बताए। राजनिती गर्ने मात्रै नेता नभएर हरेक घर को चाँजोपाँजो मिलाउने ब्यक्ती पनि नेता नै भएकोमा औल्याउदै फरकफरक कामको प्रकृति अनुसार सफल भुमिका निर्वाह गरि उदाहरणिय भुमिका खेल्ने हरेक ब्यक्ती नेता भएको बताए। महिला शसक्तिकरण साथै आत्मनिर्भर बन्न लाई समुहगत रुपमा आफुलाइ बदल्दै ब्यावसायिक उन्मुखहुन हुन सुझाव दिदै आफुले सिकेको सिपलाइ ब्याकसायिकतामा उतार्न लघु उद्दम मार्फत आउन आग्रह गरे।गच्छदारले लघु उद्दमले समुहमा आउने महिलाको आकन्क्षा अनुरुपको तालिम शृजना गरि अवसर दिने वचन दिदै नगरपालिकाले थप सुबिधाका लागि बैंक हरुसग २% ब्याज दरमा बिनाधितो १० लाख सम्म रिण उपलबध गराउन पहल गर्ने प्रस्ट्याए।
लघु उद्दम बिकास साखा (मेडपा) सग सहकार्यगरी नगरपालिकाले विभिन्न वडामा महिला आय आर्जन का लागि सीप बिकास तालिम साथै आर्थिक स्वाभलम्बन बनाउनका लागि सामुहिक कृषि तथा पशुपालन सम्बन्धी कार्यक्रम हरु अगाडि सारेको बताउदै गच्छदारले यस्ता कामका लागि आजको नेतृत्व बिकास तालिम सिकेका महिला हरु ले नेतृत्व लिनुपर्नेमा जोड दिए।
गच्छदारले उक्त ५ दिने नेतृत्व बिकाश तालिमका सहभागी हरुलाइ प्रमाणपत्र समेत बितरण गरेका थिए।
कार्यक्रममा बोल्दै आवाज नेपालकी अध्यक्ष मेनुका खतिवडाले महिला हरु घर भित्र बन्द रहदा झेल्नु पर्ने आर्थिक,मानसिक साथै पारिवारिक समस्या हुदा आफुमा भएको कला कौशल ओझेलमा पर्ने र सधै पिछडिनु पर्ने देखिएको ले यस्ता कार्यक्रम मार्फत सबैलाइ सजग गराएको बताइन।
उक्त समापन कार्यक्रम मा नगर उपप्रमुख सुनिता दाहाल साह,प्रमुख प्रशाशकिय अधिकृत बिनोद न्यौपाने, वडानम्बर ७ का अध्यक्ष बिजय चौधरी लगाएतको उपस्थित रहेको थियो।





