अर्जुन खडका
दुहबी / सुनसरी को दुहबी नगरपालिका वडा नम्बर ११ तनमुनाका एक कृषक उद्दमी बनेका छन। आर्थिक बर्ष २०७४/७५ को गच्छदार को पहिलो कार्यकाल मा वडा नम्बर ११ का कृषक रामनाथ चौधरी लाई रु १ लाख अनुदान उपलब्ध गराइ नगर प्रमुख बेद गच्छदार ले बाङ्गुर प्रबर्द्धन का लागि सहयोग गरेका थिए। नगत प्रमुख बेद गच्छदार को उक्त हौसला अनुरुप कृषक राम नाथ चौधरी ले असरा बङ्गुर फार्म दर्ता गराइ बङुरको ब्यावसायिक प्रवर्द्धन गरेका थिए। हाल चौधरी को बङ्गुर फार्ममा ६३ वटा ४ प्रजातिका बाङ्गुर्हरु रहेका छन।
चौधरी को फार्ममा साढे ६ फिट लम्बाइ र साढे ४ फिट उचाइका करिब ३ सय केजि तौल बराबरका बाङ्गुर हरु रहेका छन। बच्चा उत्पादनमा लक्षित उक्त बुगुरफार्म ले बार्सिक ३७ लाख बराबरका भुनी र बुचा बच्चा हरु बिकृबितरण गर्दै आएको सन्चालक चौधरी ले बताए।
ब्यवस्थित र बातावरण अनुकुल तौरमा निर्मित उक्त बङ्गुर फार्म बास्तबमै दुहबी नगरपालिका मात्रै हैन पुर्वान्चलकै नमुना बङ्गुर फार्म अन्तर्गत पर्दछ। स्वचालित मेशिन बाट दाना साथै पानी लगायत सफाइ सहित को ब्यवस्थित नमुना बङ्गुर फार्म को अनुगमन गर्दै नगरप्रमुख बेद गच्छदार ले यसरी नै सबै नगरभित्रका नागरिकले ब्यावसायिक प्रवर्द्धन गर्दै स्वरोजगार उन्मुख ब्यावसाय गर्दै जाने हो भने ब्यावसाय सन्चालक र नगर लाई समेत दोहोरो फाइदा हुने हुदा यस्ता कार्यक्रम लाई प्रोत्साहन गर्न म नगरप्रमुख रहुन्जेल हदै सम्मको साथ सहयोग रहने नगरप्रमुख गच्छदार ले बताए।
शुरुम ८ वटा बङ्गुर बाट सुरुगरेको उक्त नमुना बङ्गुर फार्म मा ४ जनाले रोजगारी समेत पाएका छन। नगर प्रमुख गच्छदार ले कृषि तथा पशु प्रवर्द्धन कार्यक्रम अन्तर्गत हरेक क्षेत्रका नागरिकलाइ आफू स्वरोजगार बन्न उद्दत मनासायले नगरपालिका मा आए किन्तु परन्तु नभनी सहयोग गर्ने बताए।
सानो बिउपुजी नगरपालिका ले दिएर शुरु गरिएको उक्त बङ्गुर फार्म अहिले बार्सिक सयौको सन्ख्यामा बच्चा उत्पादन गरि आर्थिक अभिबृधी गरेका छन। फार्म सन्चालक चौधरी ले नगरप्रमुख गच्छदार लाई हार्दिक धन्यवाद दिदै आफ्नो सामान्य किशानी जिबनलाइ ब्यावसायिकमा परिणत गरिदिएकोमा प्रशन्सा समेत गरे। उक्त फार्ममा भाले प्रजातिका उन्नत बङ्गुर साथै बँदेल हरु समेत रहेका छ।
बास्तबमै स्थानिय उत्पादनलाइ ब्याकसायिक प्रवर्द्धन गर्दै हरेक नगरबासिको दैनिक आय आम्दानी बढाउदै नगरबासिले दिलचस्वी रुपमा ब्याकसाय सन्चालन गरे हामिले देखेको समृद्ध नगर स्थापित हुनेमा जोड दिदै यश क्षेत्रमा सबै आवद्ध हुन आग्रह गरेका छन।





