• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरीको धरानमा ओली समूहको शक्ति प्रदर्शन।

काेचिला खबर by काेचिला खबर
01/13/2021
in स्थानीय
77
SHARES
348
VIEWS
Share on FacebookShare on Twitter

धरान / नेकपा ओली समूहले सूर्य चिन्ह आफ्नै पार्टीले पाउने र निर्वाचन जित्ने दाबी गरेका छन् ।

आज सुनसरीको धरानमा युवा सङ्घ सुनसरीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्यहरूले निर्वाचन पछि पनि सूर्य चिन्ह सहित जनता माझ गएर ओलीकै नेतृत्वमा सरकार बन्ने जिकिर गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश एकका आन्तरिक मामिला एवं कानुन मन्त्री हिक्मत कुमार कार्कीले ओली नेतृत्वको नेकपा नै मूल पार्टी रहेको भन्दै जनतामा रहेको भ्रम चिर्न कार्यकर्तालाई आव्हान गरे ।

‘जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै हिजो सूर्य चिन्ह लिएर चुनावी मैदानमा जाँदा मात्र एमालेले जनताको साथ पाएको थियो ।’ कार्कीले भने ‘ओलीले नेतृत्व गर्दा देखिएको जनताको साथ नै अहिलेको मेन स्टिमको पार्टी हो । ढुक्क हुनुस् पुनः ओली कै नेतृत्वमा सरकार बन्छ । ’

उनले प्रचण्डलाई सूर्य चिन्हको दाबी गर्ने कुनै हक नभएको भन्दै उनको दाबी हास्यास्पद रहेको जिकिर गरे । ‘हिजो चितवनमा देवी ज्ञवालीलाई हराउन काँग्रेसका साथीहरूसँग जोडिएर जानु भयो । त्यति बेला सूर्यको लोभ भएन । अहिले सूर्य नभई हुँदैन भनेर माइतीघर मण्डलामा धर्ना बस्नुहुन्छ । यो कस्तो प्रेम हो रु ’ उनले प्रश्न गरे ।

यता नेकपाका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले ओली र माधव नेपालको बहुलट्टीपनले पार्टी भित्र सङ्कट आएको भन्दै ओलीले बाध्यात्मक अवस्थामा संसद् विघटन गरी निर्वाचनको मिति घोषणा गर्नुपरेको जिकिर गरे ।

उनले प्रचण्ड–नेपालका कार्यकर्ता पनि केही दिनमा मुख्य पार्टीमै फर्किने ठोकुवा गर्दै भने – ‘वहाँहरू केही दिन प्रचण्ड जीको पछि लाग्नुहोला । तर, वहाँलाई चिने पछि साथीहरू फर्किनुहुन्छ ।’

दुइतिहाइ नजिकको सरकारलाई आफ्नै दल भित्रका नेताहरूले काम गर्न नदिएको भन्दै ओलीले बाध्यात्मक अवस्थामा संसद् भङ्ग गरी जनादेशमा जाने निर्णय लिएको कार्यक्रमका वक्ता तथा नेकपाकि केन्द्रिय सदस्य तथा पुर्व मन्त्री भगवती चौधरीले जिकिर गरिन ।

सो कार्यक्रमका वक्ता हरुले संविधानमा संसद् भङ्ग गर्ने अधिकार सुनिश्चित रहेको भन्दै संविधानले दिशानिर्देश गरेरै नयाँ जनादेशमा जाने निर्णय भएको नेताहरूको निचोड थियो नेताहरूले चुनावमा हार्ने डरले निर्वाचनको विरोध गरेका र जनताले ओलीलाई नै पुनः निर्वाचित गरी कार्यकारी अधिकार दिनेमा ढुक्क रहेको नेताहरूले जोड दिएका थिए ।

कार्यक्रममा सुनसरीका विभिन्न स्थानबाट नेकपा ओली सम्बद्ध युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रम सुरु हुनुअघि पब्लिक हाइस्कुलको खेलमैदानबाट निस्किएको जुलुसले नगर परिक्रमा गरी र्‍याली कार्यक्रम स्थल चुम्लुङ भवनमा पुगेर सभामा परिनत भएको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026
मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

03/30/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist