दुहबी / प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेको विरोधमा नेकपा दुहबी नगर समितिले बुधबार दुहबीमा प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम सच्याउनु पर्ने माग गर्दै दुहबीको कोशी राज मार्ग सडकमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।
सो विरोध जुलुस दुहबीको पशुपती बिस्कुट उधोगको अगाडि बाट सुरु भई दंगा चौक पुगि कोण सभामा परिनत भएको थियो ।
कोण सभा लाई सम्बोधन गर्ने क्रममा नेकपाका सुनसरी सल्लाहकार हैदर अलिले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेकोमा सो असंवैधानिक कदम तत्काल फिर्ता गर्नु पर्ने माग गर्दै गणतंत्रको रक्षा र गणतंत्र बाट आएको उपलब्धि लाई जोगाउन संम्पुर्न नेपाली जन्ता एक भई प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्धमा लाग्न अपिल गरेका थिए ।
प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्धमा आन्दोलन अघि बढाउने निर्णय गरेसँगै विरोध प्रदर्शनमा उत्रिनु परेको नेकपा दुहबी नगर ईन्चार्ज राजन चौधरीले बताए ।
सो विरोध प्रदर्शनमा नेकपाका प्रचण्ड र माधव नेपाल लाइनका समर्थकहरुको उपस्थिति रहेको थियो भने ओलि पक्ष को नेता कार्यकर्ताको उपस्थिति देखीएको थिएनन ।





