दुहबी / आफै सँग काम गर्ने साथीको पैसा चोरीको आरोप लागेकी एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन ।
सुनसरीको इटहरी १२ खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा कार्यरत मोरङ लेटाङकी २३ बर्यीय सिर्जना राई उधोग भित्र बाथरुमा झुण्डिएको अवस्थामा फेला परेकी हुन ।
उद्योगमा काम गर्दै आएकी राईलाई केहि दिन अघि आफ्नै साथीले पैसा चोरी गरेको भन्दै उद्योगकै प्रशासनमा उजुरी गरेको थिईन ।
तर मृतक राईले दुई पक्ष मिलापत्रमा मैले पैसा चोरेको हैन तिर्नु परे तिरौला भन्दै कागज समेत गरेको थिईन । तर राईले हिजो म पैसा तिर्दिन भने पछि पैसा हराउने साथीले प्रहरीमा उजुरी गरेको थिईन ।
दिउसो प्रहरीमा उजुरी परेको र राती राई बाथरुम झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले बताए ।
केसीले भने उद्योगको महिला ब्लकमा पैसा चोरीको आरोप लागेको र उनीहरु बीच मिलमिलाप नभएकै अवस्थामा राई मृत भेटिएको बताए ।
झुण्डिएको शबलाई पोष्टमार्टम गर्न लैजान समेत स्थानीयले केहि समय अवरोध गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
अहिले शबलाई पोष्ट मार्टमको लागि धरान स्थित बीपी कोईराला विज्ञान प्रतिष्ठान पठाउने तयारी गरिरहेका छौ डिएसपी केसीले भने । पोष्ट मार्टम रिपोट आए पछि थप अनुसन्धान हुने इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ