सुनसरीको दुहबी नगरपालिकाले आफ्नो वडामा रहेका २५ जना कृषकहरुलाई कृषि सामाग्री वितरण गरेको छ।
आज दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले दुहबीका २५ जना कृषकलाई कृषि सामाग्रीहरु वितरण गर्नु भएको हो। उनिहरुलाई एक जना बराबर स्प्रे १६ लिटर, हजारी १ थान, ३ प्रकारको तरकारीको हाइबृड बीउ,जैविक मल ३० केजि,ढुसी तथा किटनासक बिसादी प्रदर्सन बोड वितरण गरिएको कृषि शाखाले जनाएको छ।
दुहबीमा ६२ जना कृषकहरुको निवेदन परेको मध्ये स्थलगत अनुगमन गरि कृषि समितिको बैठकबाट दुहबीको १२ ओटै वडाबाट छानेर पहिलो चरणमा दुहबीका २५ जना कृषकलाई २ लाख ५० हजार बराबरको कृषि सामाग्री वितरण गरिएको कृषि शाखाले जनाएको छ।





