दुहबी / धरानस्थिति वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
सुनसरीको गढी गाउपालिका–४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मंगलबार बिहान प्रतिष्ठानमा मृत्यु भएको हो । उच्च रक्तचापकी बिरामी महिलामा मंगलबार नै संक्रमण पुष्टि भएको प्रतिष्ठानका सहप्रवक्त डा. आशिष श्रेष्ठले जानकारी दिए ।
मंगलबार उपचारका लागि आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा रिफर गरिएको थियो ।





