• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

इटहरीमा रेडजोन सहितको मापदण्ड, विना प्रयोजन हिडडुलमा प्रतिबन्ध

काेचिला खबर by काेचिला खबर
10/11/2020
in स्थानीय
120
SHARES
546
VIEWS
Share on FacebookShare on Twitter

 
इटहरी / इटहरी उपमहानगरले कोरोना नियन्त्रणका लागि रेडजोन सहितको मापदण्ड तोकेको छ ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा वसेको वैठकले कोभिड रोग रोगथाम तथा नियन्त्रणका लागि ब्यवस्थापन तथा अनुगमन सम्वन्धि मापदण्ड पारित गरेको हो । उपमेयर लक्ष्मी गौतमले प्रस्तुत गरेको मापदण्डमा इटहरी क्षेत्रको जोखिम वर्गिकरण गरिएको छ ।

इटहरी चौक क्षेत्र, वडा नम्वर ९ हटिया क्षेत्र, वसपार्क, तरहरा वजार,खनार वजार,पकली चौकलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । यसैगरी वढि भीडभाड हुने कार्यालयहरु उपमहानगर कार्यालय,इटहरी।
अस्पताल,यातायात,वैकहरु,विद्युत कार्यालयलाई रेडजोनमा राखिएको छ । रेडजोन क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरि विना प्रयोजन हिडडुल गर्न वन्द गर्ने निर्णय भएको छ ।

माक्स नलगाई हिडने जोकोहीलाई नियन्त्रणमा लिएर सय रुपियाँ जरिवाना गरि एकथान मास्क दिएर सचेत गराइने बताइएको छ । प्रत्येक पसल,कार्यालय अगाडी सावुन पानीको ब्यवस्था गर्ने,नगरेको पाइए एक पटक सचेत गराउने,पून उल्लंघन गरे संक्रामक रोग ऐन २०२० अनुसार ।कारवाहीको लागि सिफारिस गरिने भएको छ ।साप्ताहिक हटिया वन्द गर्ने निर्णय गरिएको उपमहानगरले जनाएको छ ।

त्यसैगरी कोभिड रोग पूर्ण नियन्त्रण नभएसम्म सभा,मेला,भोज भतेर तथा सार्वजनिक कार्यक्रमहरुलाई प्रतिवन्ध लगाइएको छ ।

जेष्ठ नागरिक,दम,मधुमेह,उच्चरक्तचाप जस्ता दीर्घरोग भएका र गर्भवति,सुत्केरी र वालवालिकालाई उपचारका लागि वाहेक हिडडुलमा रोक लगाइएको छ । नगरप्रमुख द्धारिकलाल चौधरीले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न नगरवासीमा आग्रह गरेका छन् ।

उपमेयर गौतमले मापदण्ड वनाएर मात्र नहुने भएकाले कडाइका साथ पालना गर्न र गराउनुपर्ने बताएकी छन् । एक महिना अघिनै मापदण्ड लागु गरिएको भए अहिलेको जति क्षति नहुने उनको भनाई छ ।

मापदण्ड पालना भए नभएको कडाइका साथ अनुगमन गर्ने निर्णय गरिएको छ । होम आइसोलेसनको मापदण्ड नपुगेको अवस्थामा संक्रमितलाई इटहरी आइसोलेसनमा राखिने भएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज राम कुमार धमलाका अनुसार अहिले इटहरीको होम आइसोलेसनमा २सय ८६ जना छन । इटहरीको आइसोलेसनमा ४५ जना छन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist