• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलायो: ट्रान्सपरेन्सी नेपाल

काेचिला खबर by काेचिला खबर
09/13/2020
in FEATURE, स्थानीय
123
SHARES
560
VIEWS
Share on FacebookShare on Twitter

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ।
खुद्रे मुद्दाहरु बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रणको डंका पिटे पनि प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचारका काण्डहरू घटेको ट्रान्सपरेन्सी इन्टरनेशनलको आरोप छ।
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सी इन्टरनेसनलले यस्तो आरोप लगाएको हो।
न्यूज एजेन्सी नेपालसँग आज कुराकानी गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिवद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरु संरक्षित भएको बताए।

बालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उहाँको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने उनले बताए।
‘भ्रष्टाचारको मूल भनेको राजनीतिक नेतृत्व हो। खुद्रा, मसिनालाई रोकेर भ्रष्टाचार नियन्त्रण हुँदैन। प्रधानमन्त्रीले बेला बखत म भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्‍नँ, शून्य सहनशीलता अपनाउँछु भन्‍नुभयो। तर व्यवहारमा उतार्न सक्नु भएन। उहाँको भ्रष्टाचारविरुद्धको बोली ओठे प्रतिवद्धतामै सीमित भयो। त्यसो होइन भने बालुवाटार जग्गा प्रकरणमा आफ्नै महासचिवलाई कुनै गल्ती गरेको छैन भनेर किन जोगाउनुभयो? सेक्युरिटी प्रिन्टिङ प्रकरणमा लेनदेनको अडियो सार्वजनिक हुँदा पनि मन्त्रीले कुनै गल्ती गरेको छैन भनेर किन ढाकछोप गर्नुभयो?’

रेग्मीले स्वास्थ्य सामग्री खरिदमा ठेक्का ओम्नी समूहलाई दिँदा अनियमितता भएको आरोप लगाए। ‘ओम्नीलाई पनि कानुन विपरीत एक मन्त्रीको सल्लाहकारले रातारात दिएको ठेक्का कानून विपरित छ। यसमा सुरुमै साँठगाँठ भएर कमिसन खाने नियतले ओम्नी समूहलाई ठेक्का दिएको देखिन्छ’, उनले भने, ‘त्यसमा आदेश दिने उपप्रधानमन्त्री, मन्त्रीको समेत कुनै संलग्नता छैन भनेर उहाँले कसरी भन्‍न सक्नुभयो? उहाँ (ओली) अख्तियार त होइन उहाँ न्यायाधीश त होइन।’
रेग्मीले प्रधानमन्त्रीको बोलाइ र गराइमा भिन्नता रहेको बताए। ‘प्रधानमन्त्रीको बोलाइ र गराइमा एकरुपता देखिएन। उहाँ नजिकका राजनीतिक र कर्मचारी तहमा भएका मानिसहरुले जति लुटे पनि हुन्छ’, रेग्मीले भने, ‘हामीले प्रधानमन्त्रीबाट वा सरकारबाट संरक्षण पाउँछौँ। यसमा अख्तियारको पनि केही चल्दैन भन्ने कुरा देखियो।’’

अध्यक्ष रेग्मीले अख्तियार प्रमुख समेत सरकारको नीति निर्देशन अनुसार काम कारिन्दाका रुपमा परिचित हुँदै गएको बताए।
अख्तियारका पछिल्ला कदमहरूले अख्तियारको औचित्य छ की छैन भनेर शंका उब्जाएको उनको भनाइ छ। ठूला भ्रष्टाचारका मुद्दाहरु ‘तामेली’ मा राख्दै जाने प्रवृत्तिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको औचित्य समाप्त हुने उनको चिन्ता छ।
रेग्मीले राजनीतिक नेतृत्व तहको संलग्नता र नीतिगत निर्णयका नाममा हुने ठूला भ्रष्टाचारका मुद्दामा केन्द्रित रहेर भ्रष्टाचारीहरुमाथि निर्मम कारवाहीको प्रकृया अगाडी बढाउनुपर्ने बताए।

आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी जहाज खरिद प्रकरण, न्यारोबडी जहाज खरिद प्रकरण, नेपाल ट्रस्टको जग्गाहरू यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेश खरिद सम्बन्धमा तत्कालीन मन्त्रीको अडियो प्रकरणमा कुनै कारवाही नभएको बताए।
त्यस्तै स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको अनियमिततासम्बन्धी प्रकरणका मुद्दाहरूमा अविलम्ब अनुसन्धान प्रकृया सम्पन्न गरी दोषीहरुलाई कारवाही गर्नुको सट्टा फाइल तामेलीमा राखेर बन्द राखेको प्रति उनले दुःख व्यक्त गरे।
भ्रष्टाचारमा संलग्‍न दोषीउपर कडा सजायको मागदाबी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै माहामारीको मौका छोपेर गुपचुपमा अर्बौं रुपैयाँभन्दा बढी रकम हिनामिना गर्ने गराउनेलाई उन्मुक्ति दिनेगरी मुद्दाको फाइल गरिएकोप्रति ट्रान्सपरेन्सी इन्टरनेसनलले ध्यानकर्षण गराएको छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist