• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

मिडियाको घाँटी निमोठ्ने सरकारी निर्णयले प्रेस स्वतन्त्रता संकटमा

लोकतन्त्रको चौथो अंगप्रति कठोर प्रहार

काेचिला खबर by काेचिला खबर
04/04/2026
in FEATURE, मुख्य
41
SHARES
188
VIEWS
Share on FacebookShare on Twitter

 

कोशी प्रदेश / सरकारले निजी सञ्चार माध्यमको आर्थिक आधार नै कमजोर पार्ने गरी सरकारी विज्ञापन तथा सूचना अब सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय गरेपछि देशभरको प्रेस क्षेत्र तरंगित बनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी परिपत्रमा अबदेखि सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापन गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रवाह गर्नुपर्ने उल्लेख गरिएको छ ।

सरकारले यसलाई मितव्ययी, एकरूपता र पारदर्शिताको नाम दिएको भए पनि सञ्चार क्षेत्रले भने यसलाई निजी मिडियाको घाँटी निमोठ्ने, आलोचनात्मक पत्रकारितालाई कमजोर बनाउने र प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रयासका रूपमा लिएको छ । निर्णय कार्यान्वयनमा गए हजारौं निजी सञ्चार संस्था, रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकासँगै हजारौं पत्रकार, प्राविधिक, छायाँकार, मुद्रक र कर्मचारी प्रत्यक्ष संकटमा पर्ने देखिएको छ ।

नेपालमा सञ्चार माध्यम सञ्चालनको मुख्य आधार विज्ञापन हो । निजी क्षेत्रबाट आउने विज्ञापन सीमित रहेको र आर्थिक मन्दीका कारण त्यसमा समेत कमी आएको अवस्थामा सरकारी विज्ञापन धेरै मिडियाका लागि जीवनरेखा बनेको छ । विशेषगरी मोफसलका साना पत्रपत्रिका, स्थानीय एफएम, क्षेत्रीय टेलिभिजन र अनलाइन मिडिया सरकारी सूचना र विज्ञापनकै भरमा टिकिरहेका छन् । यस्तो अवस्थामा सरकारले एकैचोटि विज्ञापन बन्दजस्तै गर्ने निर्णय गर्नु भनेको निजी सञ्चार क्षेत्रलाई योजनाबद्ध रूपमा कमजोर बनाउने कदम भएको मिडिया क्षेत्रको निष्कर्ष छ ।

सञ्चार विज्ञहरूका अनुसार यो निर्णयले तत्काल तीन तहमा गम्भीर असर पार्नेछ । पहिलो, आर्थिक रूपमा निजी मिडियाको अस्तित्व संकटमा पर्नेछ । दोस्रो, सरकारी मिडियाबाट मात्र सूचना प्रवाह हुँदा सूचनामा विविधता हराउनेछ र जनताले एउटै पक्षको मात्र सूचना सुन्ने वा पढ्ने अवस्था बन्नेछ । तेस्रो, सरकारको आलोचना गर्ने वा भ्रष्टाचार, अनियमितता र कमजोरी उजागर गर्ने स्वतन्त्र पत्रकारिता क्रमशः कमजोर बन्दै जानेछ ।

सरकारको निर्णयको सबैभन्दा खतरनाक पक्ष यहीँ देखिन्छ— जसले सरकारको प्रशंसा गर्छ, उसले मात्र विज्ञापन पाउने; जसले प्रश्न उठाउँछ, उसले आर्थिक सजाय भोग्नुपर्ने । यसले भविष्यमा कुनै पनि मिडियालाई स्वतन्त्र ढंगले सरकारको आलोचना गर्न डर पैदा गराउन सक्छ । विज्ञापनको नाममा आर्थिक दबाब सिर्जना गरी मिडियालाई नियन्त्रण गर्ने प्रयास लोकतान्त्रिक शासन प्रणालीमा सबैभन्दा खतरनाक प्रवृत्तिमध्ये एक मानिन्छ ।

नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायतका संस्थाहरूले सरकारको निर्णयलाई ‘अलोकतान्त्रिक’, ‘प्रेसविरोधी’ र ‘अस्वीकार्य’ भन्दै तत्काल सच्याउन माग गरेका छन् ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले निर्णय तत्काल फिर्ता नभए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ । प्रेस युनियन र प्रेस चौतारीले समेत संयुक्त रूपमा सरकारलाई निर्णय सच्याउन अल्टिमेटम दिएका छन् । प्रेससम्बद्ध संगठनहरूबीच दुर्लभ रूपमा देखिएको यस्तो एकता स्वयम्मा निर्णयको गम्भीरताको संकेत मानिएको छ ।

पत्रकार संगठनहरूका अनुसार सरकारले निर्णय नसच्याए चरणबद्ध आन्दोलनलगायतका संयुक्त अभियान चलाइनेछ । कतिपयले यसलाई ‘लोकतन्त्रमा आपतकालीन मानसिकता’ को संकेतका रूपमा समेत व्याख्या गरेका छन् ।

विश्लेषकहरू भन्छन्, यो निर्णयले भविष्यमा अझ ठूलो र खतरनाक उदाहरण बसाल्न सक्छ । आज सरकारी विज्ञापन रोक्ने निर्णय भयो भने भोलि सरकारले मन नपरेका मिडियालाई अन्य बहानामा थप नियन्त्रण गर्न सक्छ । सरकारी सूचना नदिने, पहुँच बन्द गर्ने, कानुनी दबाब बढाउने र अन्ततः आलोचनात्मक पत्रकारिता नै समाप्त पार्ने वातावरण बन्न सक्छ । त्यसपछि बाँकी रहनेछ केवल सरकारको पक्ष बोल्ने, प्रश्न नगर्ने र आलोचना गर्न नसक्ने सञ्चार प्रणाली ।

यो प्रवृत्ति लोकतन्त्रका लागि घातक हुन्छ । लोकतन्त्र केवल चुनावले मात्र चल्दैन, स्वतन्त्र प्रेस, फरक विचार र सरकारमाथि निरन्तर निगरानी गर्ने संस्थाहरूले त्यसलाई जीवित राख्छन् । जब स्वतन्त्र प्रेस कमजोर हुन्छ, तब भ्रष्टाचार, अनियमितता र शक्ति दुरुपयोग बढ्न थाल्छ । किनभने सरकारलाई प्रश्न गर्ने, पर्दाफास गर्ने र जनतालाई सचेत गराउने माध्यम नै कमजोर पारिन्छ ।

विकसित लोकतान्त्रिक मुलुकहरूमा भने सरकारी विज्ञापनलाई कुनै पनि हालतमा नियन्त्रणको हतियार बनाइँदैन । अमेरिका, बेलायत, युरोपेली मुलुक र भारतमा सरकारी विज्ञापन वितरण खुला, प्रतिस्पर्धात्मक र मापदण्डमा आधारित हुन्छ । त्यहाँ सरकारी र निजी दुवै मिडियाले समान अवसर पाउँछन् । उद्देश्य सूचना सबै नागरिकसम्म पु¥याउनु हुन्छ, कुनै मिडियालाई पुरस्कार वा सजाय दिनु होइन ।

छिमेकी भारतमा समेत सरकारी विज्ञापन सरकारी र निजी दुवै सञ्चार माध्यममा स्पष्ट मापदण्डका आधारमा वितरण हुन्छ । तर, नेपालमा भने उल्टो बाटो रोजिएको भन्दै मिडिया क्षेत्रले चिन्ता व्यक्त गरेको छ । सामाजिक सञ्जालमाथि नियन्त्रण गर्ने प्रयास गर्दा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ हुन पुगेको थियो ।

त्यही सामाजिक सञ्जालमाथि प्रतिबन्ध वा नियन्त्रणका प्रयासको विरोध गर्दै बनेको राजनीतिक माहोलबाट सत्तामा पुगेको सरकारले अहिले स्वयं आलोचना सुन्न नसक्ने मानसिकता देखाएको टिप्पणी हुन थालेको छ । जनताको आवाज उठाउने, सरकारलाई सचेत गराउने र लोकतन्त्रको रक्षा गर्ने मिडियालाई कमजोर पारेर कुनै पनि सरकार लामो समयसम्म टिक्न सक्दैन भन्ने चेतावनीसमेत बढ्न थालेको छ

मिडिया क्षेत्रका जानकारहरूका अनुसार समाधानको बाटो स्पष्ट छ । सरकारी विज्ञापन वितरणका लागि स्वतन्त्र र निष्पक्ष संयन्त्र बनाइनुपर्छ । सरकारी तथा निजी दुवै मिडियालाई समान अवसर दिनुपर्छ । विज्ञापन वितरण स्पष्ट मापदण्ड, पहुँच, पाठक–दर्शक संख्या, विश्वसनीयता र प्रभावक ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026
उपभोक्त अधिकारकर्मी भन्छन्- कर छुट दिएर इन्धनको मूल्य घटाउनुपर्छ

उपभोक्त अधिकारकर्मी भन्छन्- कर छुट दिएर इन्धनको मूल्य घटाउनुपर्छ

04/05/2026
नेपाल पत्रकार महासंघ द्वारा सरकार लाई निर्णय फिर्ता लिन ३ दिने अर्टिमेटम ।

नेपाल पत्रकार महासंघ द्वारा सरकार लाई निर्णय फिर्ता लिन ३ दिने अर्टिमेटम ।

04/03/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist