• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी नगरपालिका भित्र नेपाली कांग्रेसका उम्मेदवारहरुको बिजय सगैं नेपाली कांग्रेसको केन्द्रिय घोषणापत्र संग सगैं अबिलम्ब लागु हुँनेगरि नेपाली कांग्रेस दुहबीको ३५ बुंदे संकल्प पत्र यस्तो छ

काेचिला खबर by काेचिला खबर
05/05/2022
in Uncategorized
155
SHARES
705
VIEWS
Share on FacebookShare on Twitter

दुहबी नगरपालिका भित्र नेपाली कांग्रेसका उम्मेदवारहरुको बिजय सगैं नेपाली कांग्रेसको केन्द्रिय घोषणापत्र संग सगैं अबिलम्ब लागु हुँनेगरि नेपाली कांग्रेस दुहबीको ३५ बुंदे संकल्प पत्र यस्तो छ
“अरु कुरा गर्छन हामी काम गर्छाै”
१)१००० जना क्षमता भएको आद्युनिक दुहबी सभा गृह २ वर्ष भित्र निर्माण सम्पन्न गरिनेछ ।
२)बृद्ध बृद्धा सँग मेयर कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष वडा कार्यालय मार्फत ज्येष्ठ नागरिकहरुलाई आफ्नो धर्म संस्कृति अनुसारको ठाउँमा तिर्थ भ्रमण गराउने र जाडोमा प्रत्येक वर्ष न्यानो कपडा कम्बल र स्वीटर वितरण गरिनेछ ।
३)नगर अस्पतालको क्षमता अभिबृद्धि गरि ५५ वर्ष माथिका नागरिकहरुको प्रत्येक वर्ष पूर्ण शरीर चेक जाँच Whole Body Check – up अनिवार्य रुपमा निःशुल्क गरिने छ ।
४)सुत्केरी भत्ता बापत २ वटा सन्तान सम्म रु. ५०००।– प्रदान गरिने छ । साथै सुत्केरीेको लगि निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराईने छ ।
५)बिपन्न परिवारलाई दाहा संस्कार खर्च बापत रु. १०,०००।–(दस हजार) प्रदान गरिने छ ।
६)बिपन्न, दलित, अपाङ्ग, एकल महिला, एकल पुरुष, दीर्घ रोगीहरुलाई नगरपालिकाबाट सेवा सुविधा तथा सिफारीस लिदा लाग्ने कर निःशुल्क गरिने छ ।
७)सुकुमबासी तथा बिपन्न परिवारलाई बिजुली जडान निःशुल्क प्रदान गरिनेछ ।
८)दुहबी नगरपालिकाको बजार क्षेत्रमा उठाउदै आएको सरसफाई तथा फोहोर संकलन करलाई निःशुल्क गरिनेछ ।
९)नगरपालिका भित्रका नगरबासीहरुलाई खानेपानीमा लाग्दै आएको १० यूनिट अर्थात १०,००० लिटर सम्मको मासिक शुल्क मिनाहा गरिने छ । साथै दुहबी बजार क्षेत्रमा देखिएको खानेपानीको अभावलाई मध्यनजर गर्दै अविलम्ब २ वटा बोडिङ्ग तुरुन्त गराईने छ ।
१०) बृद्धाभत्तामा खाई पाई आएको भत्तामा थप रु. ५००।– प्रदान गर्ने साथै सबै किसिमको सामाजिक भत्ता वडा कार्यालय मार्पmत घर घरमा उपलब्ध गराईने छ ।
११)दुहबी नगरपालिका भित्र दर्ता रहेका सिटी रिक्सा चालकहरुलाई विद्युत चार्ज खर्च बापत मासिक रुपमा रु.५००।– वडा कार्यालय मार्फत उपलब्ध गराईनेछ ।
१२)सामुदायिक विद्यालयबाट एस.ई.ई. मा ए.ग्रेड ल्याउने विद्यार्थीहरुलाई नगद रु. २,००,०००।– लाख सहित विद्यार्थी एवं अभिभावकलाई विशेष सम्मान–पत्र प्रदान गरिनेछ ।
१३)निजी विद्यालयबाट (4 GPA) ल्याउने विद्यार्थीलाई नगद पचास हजार सहित विद्यार्थी एवं अभिभावकलाई विशेष सम्मान–पत्र प्रदान गरिनेछ ।
१४)दुहबी नगरपालिका भित्र रहेका विभिन्न खेलकुदमा आवद्ध रहेका खेलाडीहरुको वडा कार्यालयको सिफारिसबाट रु.२ लाख सम्मको दुर्घटना विमा निःशुल्क गरिनेछ ।
१५)एक वर्ष भित्रमा आद्युनिक फुटसल कोट निर्माण गरी संचालन गरिनेछ ।
१६)दुहबी नगरपालिका भित्र रहेको उद्योग कल कारखानाहरुलाई प्रदुषण रहित बनाई उक्त उद्योगमा कार्यरत श्रमिकहरुलाई श्रम ऐनमा उल्लेखित पारिश्रमिक नदिइएको पाइएमा त्यस्ता उद्योगलाई नगरपालिकाबाट कुनै पनि किसीमको सिफारिस दिइने छैन ।
१७)जनप्रतिनिधीहरुलाई कुनै पनि किसिमको अतिरिक्त भत्ता तथा सुविधा नगरपालिकाबाट उपलब्ध गराईने छैन ।
१८)नगरपालिकाको योजनाहरुको अनुगमन गर्दा स्थानीय भद्रभलाद्मी, बुद्धिजीवि, समाजसेवी, संघ संस्थाका प्रतिनिधीहरुलाई समेत अनिवार्य सहभागी गराईने छ ।
१९)ग्यास चुलोलाई विस्थापित गरी बिजुलीबाट चल्ने इन्डक्सन चूलोलाई प्रोत्साहन गर्ने गरी इन्डक्सन चूलो खरिदमा विशेष छुटको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
२०)नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु मध्ये कम्तीमा ३ वटा विद्यालयलाई नमूना विद्यालयको रुपमा तयार गरी आवश्यक भौतिक पूर्वाधारहरु पूरा गरी अविलम्ब अंग्रेजी माध्यमबाट पठन पाठन शुरुवात गर्ने व्यवस्था मिलाइने छ ।
२१)बेरोजगार समस्या हटाउन तथा दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत कृषि इन्जिनियरिङ्ग, एग्रो इन्जिनियरिङ्ग, एग्रो प्रोसेसिङ्ग, औद्योगिक प्रशिक्षार्थी कक्षा संचालनको निम्ती प्रारम्भिक चरणमा रहेको प्राविधिक विद्यालयको निर्माण गर्ने कार्य रु. ३० करोडको लागतमा दुहबी नगरपालिका वडा नं. ८ मा २ वर्ष भित्रमा तयार गरिने छ ।
२२)निर्माणाधिन दुहबी रंगशालाको अधुरो कार्य २ वर्ष भित्र पुरा गरी प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरको दुहबी गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न सहयोग गरिने छ । साथै सोही रंगशाला भित्र रहेको कबर्ड हललाई व्यवस्थित तथा आद्युनिकीकरण गरिनेछ ।
२३)अखिल नेपाल फुटबल संघ संग सम्झौता भइसकेको फुटबल ट्रेनिङ्ग सेन्टरलाई एक वर्ष भित्र निर्माण सम्पन्न गरी दुहबी नगरपालिका भित्रका १२ वटै वडाका प्रतिभावान खेलाडीहरुको छनौट गरी प्रशिक्षण तथा भरण पोषण गरी व्यवसायिक फुटबल खेलाडी उत्पादन गरिने छ ।
२४)दुहबी वडा नं. ७ मा संघीय सरकार, प्रदेश सरकार र दुहबी नगरपालिकाको संयुक्त लगानीमा वाटर पार्क र योग केन्द्र निर्माण गरिने छ ।
२५)सुकुम्वासीहरुलाई लालपूर्जा वितरणको कार्यको लागि अभिलम्ब पहल गरिने छ । साथै जग्गा एकिकृत विकास कार्यक्रम अन्तर्गत व्यस्थित बस्ती विकास कार्यक्रम लागू गर्ने जस अन्तर्गत री–क्रिएशन सेन्टर, ढलहरुको उचित व्यवस्थापन, विवाह, ब्रतबन्धको लागि पार्टी प्यालेस आदीको निर्माण गरिनेछ ।
२६)मत्स्यपालन, बंगुरपालन, मौरी पालन, खसी÷बोका पालन, कुखुरा पालन जस्ता व्यवसायी किसानहरुलाई नगरपालिको व्यवसायीक करमा छुट दिइने छ साथै कृषि ऋणको लागि सहजीकरण गरिने छ । तथा कृषि व्यवसायलाई आद्युनिकीकरण गर्न किसानहरुलाई विशेष सहयोग गरीने छ ।
२७) नगरपालिकाबाट नगरबासीको लागि आवश्यक पर्ने शव बाहनको सेवा निःशुल्क गरिने छ ।
२८) दुहबी नगरपालिका भित्र आद्योगिक प्रदुषण मापनको लागि प्रदुषण मापन केन्द्र निर्माण गरि प्रदुषण गर्ने उद्योगहरुलाई कानुनी कारवाहि गरिने छ ।
२९) १२ वटै वडाहरुमा सार्वजनिक स्थलमा इन्टरनेट सेवा (वाई फाई जोन) निःशुल्क गरिनेछ ।
३०) दुहबी नगर भित्रका मुख्य सडकहरुमा एक वर्ष भित्र स्तरीय सडक पोल बत्ती लगाइने छ ।
३१) प्रत्येक वडामा “स्वास्थ्यको लागि खेलकुद” भन्ने नारा सहित अन्तर विद्यालय (निजी तथा सामुदायिक) साताव्यापी खेलकुद प्रतियोगिता प्रत्येक वर्ष वडा कार्यालयको संयोजनमा गरिने छ ।
३२) रोजगारमा आधारित स्थानिय व्यापार प्रर्वधनको लागि घरेलु उत्पादन, कृषि, औद्योगिक प्रतिष्ठानको उत्पादन लगायतको सामाग्री विक्री वितरणको उद्देश्यले प्रत्येक वर्ष उद्योग बाणिज्य संघ दुहबी, स्थानिय संघ संस्थाको सहकार्यमा दुहबी महोत्सव आयेजनाको लागि सहयोग गरिने छ ।
३३) युवाहरुमा बढ्दै गएको लागू औषध दुब्र्यसनीलाई रोक्नको लागि प्रत्येक वडामा सचेतनाको कार्यक्रम संचालन गरिने छ ।
३४)स्वास्थ्य नै धन हो भन्ने नारा सहित प्रत्येक वार्डमा विहान एक घण्टा योगासन गर्नको लागि अनिवार्य रुपमा योग गुरुको व्यवस्था गरिने छ ।
३५) दुहबी हाटबजार व्यवस्थापनमा भई रहेको कार्य दुई वर्ष भित्र सम्पन्न गरि स्थानीय समुदायलाई हस्तान्तरण गरिने छ साथै दुहबी बजार क्षेत्रको लागि व्यवस्थित रुपमा दैनीक गुद्रि बजार लगाउने व्यवस्था गरिने छ ।
जय नेपाल
नेपाली कांग्रेस
प्रचार प्रसार मुल समिति दुहबी नगरपालिका
“हिमाल पहाड तराइ कोही छैन पराई”

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीले गुमायो दुई होनहार युवा, मृत्युको खबरले सिंगो दुहबी शोकमा

दुहबीले गुमायो दुई होनहार युवा, मृत्युको खबरले सिंगो दुहबी शोकमा

01/19/2026
दुहबीका निजि विद्यालयको बसमा कालो झण्डा राखेर बिरोध प्रदर्शन ।

दुहबीका निजि विद्यालयको बसमा कालो झण्डा राखेर बिरोध प्रदर्शन ।

08/22/2025
कल्याणपुरका मेयर साह एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

कल्याणपुरका मेयर साह एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

07/16/2025
दुहबीको सरस्वती मा.वि.विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी ।

दुहबीको सरस्वती मा.वि.विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी ।

07/12/2025
इनरूवा नगरपालिकाले चिया खाजा पानीमै खर्च गर्यो २ करोड

इनरूवा नगरपालिकाले चिया खाजा पानीमै खर्च गर्यो २ करोड

05/09/2025
विष्णु माविको जग्गा प्रकरण : व्यवस्थापन समिति बेखबर

विष्णु माविको जग्गा प्रकरण : व्यवस्थापन समिति बेखबर

05/06/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist