इटहरी / टिकटक म्यासेन्जरमा साथी बनेका कास्कीका एक युवकले इटहरीको एक होटलमा युवती बलात्कार गरेका छन ।
कास्कीकोट गाउँपालिका वडानम्बर ३९ बर्षीय राजिव गुरुङले इटहरी आएर युवतीलाई होटलमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
इटहरी ९ मा रहेको एक होटलमा राखेर युवती बलात्कार गरेको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर केशबकुमार कटवालले बताए ।
विभिन्न प्रलोभनमा पारेर गत २७ गते होटलमा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । युवती नुहाउँनु गएको बेला पैसा तथा सुन लिएर गुरुङ फरार भएका थिए ।
युवतीको साथमा रहेको ४ आनाको सुनको सिक्री,४ आनाको झुम्का,ब्रास्लेट,र नगद २७ हजार पाँच सय समेत लिएर फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले यस अघि झापामा पनि यस्तै काम गरेका थिए इन्स्पेक्टर कटवालले बताए । पक्राउ परेका गुरुङलाई म्याद थप गरेर अनुसन्धान बढाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।





