दुहबी / थारु कल्याणकारीणि सभा दुहबीमा चरम बिबाद देखिएको
छ । था.क.स.दुहबीका नव निर्वाचित सभापति महेश कुमार माझीले मनोमानी ढंगबाट एकलौटी रूपमा निर्णय गरेको भन्दै था.क.स. दुहबीका उपसभापति द्वय विवेक चौधरी, सरिता चौधरी, सचिब प्रमोद कुमार चौधरी, नगर सदस्यहरु वडा सभापतिहरु लगायतले बिरोध गरेका छन् ।
था.क.स. सुनसरीको जिल्ला अधिवेशनमा था.क.स. दुहबीबाट जिल्ला प्रतिनिधि चयन गरेर मंसिर २५ गते सम्म जिल्ला प्रतिनिधि पठाउनुपर्नेमा था.क.स. दुहबीका पदाधिकारीहरुको सहमति विपरीत सभापति महेश कुमार माझीले मंसिर २६ गते मनोमानी ढंगबाट एकलौटी रूपमा निर्णय गरेर पत्र पठाउनुका साथै पदाधिकारीहरु सँग सल्लाह नगरी ५ जनालाई नगर सदस्यमा मनोनीत गरेको भन्दै था.क.स. दुहबीका पदाधिकारीहरुले बुधबार था.क.स. दुहबीको सभा हलमा पत्रकार सम्मेलन गर्दै था.क.स. जिल्ला कार्य समिति सुनसरीलाई ध्यानाकर्षण पत्र पठाएर सभापति माझीले गरेको निर्णय खारेज गराउने था.क.स. दुहबीका उपसभापति विवेक चौधरीले बताए ।
सभापति माझीले था.क.स. दुहबी वडा समितिका सभापतिसँग सल्लाह नगरी मनोमानी ढंगले प्रतिनिधि चयन गरेको र पालिका सदस्यहरु पालिकाको सदस्य रहने कि जिल्ला प्रतिनिधि हुने कुरा बाझिएको था.क.स. दुहबीका सचिब प्रमोद कुमार चौधरीले बताए ।





