सुनसरी/ सुनसरीको इटहरी वडा नं. १२ (खनार) स्थित नेपाल रेडक्रस सोसाइटीमा निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।
स्थानीय बासिन्दालाई सेवा दिने उद्देश्यले एकिकृत कल्याण फाउण्डेसन तथा देशशक्त यूवा फोरमको संयुक्त आयोजना गरेको आँखा शिविरमा ८५ जनाले सेवा लिएको हो।
एकिकृत कल्याण फाउण्डेसन तथा देशशक्त यूवा फोरमको संयुक्त आयोजना तथा इटहरी आखा अस्पताल नेत्रज्योति संघ, इटहरीको प्रविधिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो ।
स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आँखा शिविर गर्ने निर्णय लियौँ, ८७ जनाले निःशुल्क उपचार सेवा लिएको एकिकृत कल्याण फाउण्डेसन संस्थाका कार्यकारी अध्यक्ष रजिना तिमसिनाले बताउनुभयो ।
शिविरमा उपचार गराएका मध्ये ९ जनालाई आँखाको मोतियाविन्दु र २ जना मासु पलाएको भेटिएकाले थप उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न इटहरी आखा अस्पताल नेत्रज्योति संघ, इटहरीमा सोमबार उपचारको लागि लगिने कार्यकारी अध्यक्ष तिमसिनाले बताउनुभयो ।